अपराध सुरक्षा News

बार्गेनिङ गर्ने पत्रकार विरुद्ध अख्तियारमा उजुरी !

बार्गेनिङ गर्ने पत्रकार विरुद्ध अख्तियारमा उजुरी !

सरकारी लगानीको राष्ट्रिय दैनिक गोरखापत्र दैनिकबाट तलव सुविधा लिएर निजी लगानीको मिडियाबाट वार्गेङ गर्ने पत्रकार अर्जुन शर्मा नेपाल वाच मल्टिमिडिया प्रालिका अध्यक्ष पुष्प ढुङ्गानाका फुपुका छोरा भएको खुलेको छ।

स्रोतका अनुसार ढुङ्गानाले पत्रकार शर्मालाई बार्गेनिङ्गकै लागि नेपाल वाचमा आवद्ध गराएका थिए। केही समय नेपाल वाच डटकममा उनको फोटोसहितको परिचय राखिएको थियो। नेपाल वाचमा उनी ‘असिस्टेन्ट, शिनियर सव–इडिटर’ थिए। 

गोरखापत्रमा कार्यरत पत्रकारले निजी लगानीको अर्को मिडिया मार्फत ‘चरिखाउ पत्रकारिता’ गरेको भन्दै नेपाल आजले प्रश्न उठाएपछि उनको नाम अनलाईनबाट हटाईएको थियो । 

शर्माले नेपाल वाचमा समाचार लेख्ने अनि सम्वन्धित ब्यक्ति÷निकायलाई ‘यो कास्टिङ हो, फिल्म आउन वाँकी छ’ भन्दै धम्क्याउने गरेका थिए । त्यति गर्दा पैसा आउने वातावरण तयार भए समाचार रोक्ने नत्र धारावाहिक रुपमा समाचार लेख्ने गरेको उनीसँगै रहेर काम गरेकाहरु बताउँछन् ।

शर्मा नेपाल वाचमा काम गर्ने गरेको विषय नेपाल वाच मल्टिमिडिया प्रालिका अध्यक्ष ढुङ्गानाले पनि घुमाउरो पारामा स्विकार गरेका थिए। ढुङ्गानाले ‘अर्जुन शर्मा गोरखापत्र छोडेर नेपाल वाचमा आउन लागेको’ वताएका थिए।

नेपाल वाचका न्यूज चिफ रमेश सापकोटाले गोरखापत्रमा काम गरेको मान्छेलाई अनलाईनमा आवद्ध गराउन पाउँनु गर्वको कुरा भएको वताए । उनले सम्भव भए बासिङटन पोस्टको पत्रकारलाई’नि ल्याएर राख्ने बताए। ‘यो अख्तियारको दुरुपयोग होईन’ भन्ने नेपाल आजको जिज्ञासामा उनले भने–‘हाम्रो लागि त यो गर्वको कुरा हो।’

पत्रकार शर्माले भने यो विषयमा प्रतिक्रिया दिएका छैनन्। उनलाई पटक पटक सम्पर्क गर्दा पनि उनी फोन उठाउँदैनन्। उनको विषयमा नेपाल आजले समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको जनाईएको छ। 

यो पनि

नेपाल वाचका अध्यक्षले खुलाउन सकेनन् अनलाईनमा लगानीनको स्रोत
गोरखापत्रबाट तलब, नेपाल वाचबाट बार्गेनिङः यस्तो छ अर्जुन शर्माको ‘चरीखाउ पत्रकारीता’
भारत र पाकिस्तान लवीका पत्रकारबीच यस्तो भनाभन !
सात महिना अघि नै ‘नेपाल वाच’ लाई लागेको थियो पाकिस्तानी लगानीको आरोप

खटेर, खपेर काम गर्ने स्वाभिमानी अनुरागीलाई मालिकले लगाए घटिया आरोप !

नेपाल वाचका संचालकको दाबी– टिमले छोडेको होइन, काम नगरेपछि निकालेको हो

पाकिस्तानी लगानीको पोल खुलेपछी सम्पादकसहितको जम्बो टिमले नेपाल वाच छोड्यो

गोरखापत्र अर्जुन शर्मा

विशेष