News

झर्रोवादी साहित्यकार तारानाथ शर्माको निधन

झर्रोवादी साहित्यकार तारानाथ शर्माको निधन

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता तारानाथ शर्माको निधन भएको छ। ८७ वर्षको उमेरमा मंगलवार विहान उनको निवासमै निधन भएको हो।

उनी डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए। 

शर्मा नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता हुन। शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

२०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले जानकारी दिए ।

उनको शवलाई घरबाट सिधै पशुपति आर्यघाट लगिएको छ।

तारानाथ शर्मा

विशेष