News राजनीति

त्रिभुवन विमानस्थल वन्न नदिन कम्युनिष्टहरु निर्माण स्थलमै सुत्न गए !

त्रिभुवन विमानस्थल वन्न नदिन कम्युनिष्टहरु निर्माण स्थलमै सुत्न गए !

राजनीतिक विश्लेशक अरुणकुमार सुवेदीले नेपालको कम्युनिष्ट शक्ति सधैंभरी विकास विरोधी देखिएको आरोप लगाएका छन् । एमसीसी प्रकरणमा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले भाँजो हालिरहेको प्रसंगमा उनले यस्तो दावी गरेका हुन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वन्दै गर्दा भारतीय जहाज नेपाल आउँछन् भनेर कम्युनिष्टहरु निर्माण स्थलमा सुत्न गएको पनि उनले आरोप लगाए । अहिले उक्त विमानस्थल नहुँदो हो त, नेपालको के अवस्था हुन्थ्यो भन्दै उनले प्रश्न गरेका छन् ।

एउटा अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेका छन्–‘भारतबाट जहाज आउँछन् भनेर कम्युनिष्टहरु पार्टीकै नेतृत्वमा त्यहाँ मानिसहरु सुत्न गएका थिए, विरुद्धमा। अहिले त्रिभुवन विमानस्थल नहुने हो भने नेपालको लाईफलाईनको परिकल्पना गर्नोस।’

सुवेदीले नेपालको इतिहाँसमा कायालट गर्ने पुर्वाधार परियोजनाको विरुद्धमा नेपालको कम्युनिष्ट शक्ति सधैं लागिरहेको दावी गरे। ‘नेपालको इतिहाँसमा यस्ता नेपाललाई कायापलट गर्ने पुर्वाधार परियोजनाहरु र जनताको जिवनस्तरमा तात्विक असर गर्ने पुर्वाधार परियोजनाहरु जो आएका छन् । तिनीहरुमा एउटा अरनिको राजमार्ग छोडेर सम्पुर्ण परियोजनाहरुको विरुद्धमा चै नेपालको कम्युनिष्ट शक्ति नै लाग्यो’– उनले भने। 

यो पनि
एमसीसी फिर्ता भयो भने नेपालमा ‘लाल साम्राज्यवाद’ को उदय हुन्छ !

अरुणकुमार सुवेदी

विशेष