News राजनीति

प्रचण्ड– माधव पनि एमसीसी टेवल गर्न सहमत छन्ः कानुन मन्त्री

प्रचण्ड– माधव पनि एमसीसी टेवल गर्न सहमत छन्ः कानुन मन्त्री

सरकारका कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी सम्झौता टेबल हुन सक्ने जनाएका छन् । यस विषयमा संसदमा बहस भए कम्तीमा बाहिरका अनावश्यक बहस सकिने उनको तर्क छ।

बानेश्वरमा जारी नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल हुनसक्ने बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सम्झौता टेबल गर्न सहमत रहेको उनले वताए ।

नेकपा एमालेले भने सरकारको कदममा साथ नदिने संकेत गरेको छ। एमालेले आफूले कारबाही गरेका १४ सांसद र सभामुख हटाउनुपर्ने शर्त राखेको छ।  

लगातार तीन पटक सूचना टाँसेर स्थगित भएको प्रतिनिधि सभाको बैठक फागुन ४ गतेका लागि बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई संयुक्त रुपमा लेखेको पत्रमा फागुन १६ सम्म एमसीसी पारित गर्ने उल्लेख गरेकाले अबको संसद् बैठकलाई महत्वका साथ हेरिएको छ। 

यसअघि माघ १६ गते बस्ने भनिएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले अन्तिम समयमा सूचना टाँस गरेर सारेका थिए। सम्भावित कार्यसूची सार्वजनिक भएपछि उनले बैठक माघ २६ गतेका लागि सरेको सूचना जारी गरेका थिए। सभामुखको उक्त कदमपछि सत्तापक्षभित्रै खटपट देखिएको थियो।

२६ गतेको वैठक फेरी फागुन २ का लागि सारिएको थियो। त्यो मितिमा पनि वैठक वस्न नसकेपछि प्रतिनिधि सभा बैठक ४ गतेलाई सारिएको छ।
 

दिलेन्द्रप्रसाद बडू

विशेष