News राजनीति

राष्ट्रघातिहरुले गरे नेपाल बन्द !

राष्ट्रघातिहरुले गरे नेपाल बन्द !

अमेरिकी अदुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध आज नेपाल बन्दको घोषणा गरिएको छ। ६ वटा राजनीतिक दलले वन्दको घोषणा गरेका हुन ।

प्रधानमन्त्री शेरवहादुर देउवाले बुधबार एमसिसी संसद्मा टेबल हुने तथा प्रचण्ड र माधव नेपालले पनि सहमति जनाउने वताएपछि त्यसैलाई लक्षित गरेर साना कम्युनिष्ट दलहरुले नेपाल बन्दको घोषणा गरेका हुन् ।

एमसिसी राष्ट्रघाती परियोजना भएको उनीहरुको ठहर छ। यसलाई कुनै पनि हालतमा संसदबाट अनुमोदन गर्न नहुने उनीहरुको भनाई छ।

मोहन वैद्य, सिपी गजुरेल, विश्वभक्त दुलाल ‘आहुति’, ऋषि कट्टेल, गोपाल किरातीलगायतका नेतृत्व गरेको पार्टीले नेपाल वन्दको आयोजना गरेका हुन । जसमा नेत्रविक्रम चन्द विप्लवबाट छुट्इिर गएको संगठन पनि सामेल छ।

नेपाल कम्युनिस्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल (क्रान्तिकारी माओवादी) र नेकपा माओवादी केन्द्र (समाजवादी) ले संयुक्त रुपमा वन्दको घोषणा गरेका हुन । 

अर्कोतर्फ एमसीसीको समर्थनमा रहेको नेताहरुले भने नेपाल वन्दको आयोजना गर्ने दल र तिनका नेताले राष्ट्रघात गरिरहेको वताएका छन् । उनीहरु विकास विरोधी भएको आरोप लाग्न थालेको छ। 

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले त सरकारमा वसेर एमसीसीको विरोध गर्नेलाई सरकार छोड्न समेत आग्रह गरेका छन् । ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन÷सरकारमा बस्न मिल्दैन! सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन। भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो!’ उनले भनेका छन्।

नेपाल वन्द

विशेष