News

गगन थापाको ट्याउँट्याउँ एमसीसीमा स्वाहा !

गगन थापाको ट्याउँट्याउँ एमसीसीमा स्वाहा !

सरकारले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभामा टेबल गर्ने प्रयास गरिरहेको छ। नेपाली कांग्रेसले संसदीय दलको बैठक, केन्द्रीय कार्यकारिणी समितिबाट एमसीसी संसदमा तत्काल टेबल गर्ने निर्णय गराएको छ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। कांग्रेसले संसद् बैठकमा उपस्थित हुने सांसदको गणपूरक संख्यालाई आधार बनाएर एमसीसी टेबल गर्ने र पास गर्ने रणनीति बनाएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बहिष्कार गर्छन्, त्यसपछि जनता समाजवादी पार्टी, कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी गरी तीन दल मिलेर बहुमतका आधारमा एमसीसी संसदबाट पास गर्ने योजना कांग्रेसको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा बरु गठबन्धन टुटे टुटोस्, तर एमसीसी सम्झौता संसदमा टेबल गराइछाड्ने अडानमा छन्। तर, उनकै पार्टीका महामन्त्री भने मौन जस्तै छन् । गगन थापा अहिले वोक्रे–बोक्रे पाराले एमसीसी पास गर्नु पर्ने वताउँन थालेका छन् । तर, त्यसको पक्षमा खुलेर लागेको देखिँदैन।

यति मात्रै होईन, उनी महामन्त्री हुनुअघिसम्म एमसीसीको विरोधमा थिए। एमसीसी यथास्थितिमा पास हुनै नसक्ने र हुन नदिने पक्षमा थिए थापा। एमसीसीको विषयमा गलत प्रचार गरिएका कारण त्यसको पक्षमा वोल्दा जनविरोधी भईने डर छ, थापालाई। चुनावको मुखमा एमसीसीको पक्षमा खुलेर वोल्दा त्यसको फाईदा एमालेले उठाउने उनलाई डर छ। तसर्थ महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेता अहिले एमसीसीको पक्षमा वोलिरहेका छैनन।

यसरी हेर्दा गगन थापा, विश्वप्रकाश शर्मा जस्ता पपुलिष्ट राजनीतिज्ञका कारण नै एमसीसी गिजोलियो भन्नेमा शंका गर्नु पर्दैन। जनताले रुचाएका र युवाहरुको साथा पाएका यस्ता नेता नवोलेकै कारण एमसीसीको विषयमा तलत चर्चा भएको जानकारहरु वताउँछन्। ‘एमसीसी देशको पक्षमा भए उनीहरु जस्ता नेताले वोल्दा जनताले विश्वास गर्छन र वास्तविक्ता जनजनमा पुग्छ’ उनीहरु भन्छन्–‘तर, उनीहरु वोल्दैनन्। वरु उनीहरुले नै कतिपय ठाउँमा त्यस विरुद्ध कुरा गरिदिएका कारण युवा जमात एमसीसीको विरुद्धमा छ। त्यसलाई सुधार्ने तागत पनि गगन, विश्वप्रकाश जस्ता नेतामै छ।’  

अमेरिकाका विश्वास पात्र हुन गगन
एमसीसीको वारेमा खुलेर कुरा नगरेका कारण गगन थापा अमेरिका विरोधी कित्तामा रहेको आशंका वढेको छ। तसर्थ जनताले गगनलाई हेरेर पनि एमसीसीका विषयमा आफनो धारणा वनाई रहेका छन् । तर, गगन अमेरिकाका प्रिय र सन्देशबाहक हुन।

केहि समय अघि नेपाल स्थित अमेरिकी दुताबासले ‘हेर्नुस त! को स्कुलमा पढ्दैछ’ भन्दै गगन थापाको एउटा फोटो ट्विट गरेको थियो। उक्त फोटोमा थापा हार्डवर्ड विश्वविद्यालय अन्तर्गतको केनेडी स्कुलमा ‘ग्लोवल लिडरशिप एण्ड पब्लिक पोलिसी फर ट्वाण्टि फस्ट सेन्चुरी’ को १५ दिने तालिम लिँदै देखिन्थे। थापाको उक्त कोर्षको सम्पुर्ण खर्च अमेरिकी दुताबासले गरेको थियो।

शक्तीशाली राष्ट्रले अन्य देशमा आफ्नो प्रभाव बढाउन राजनितिक नेताहरु अनेक तारिकाबाट परिचालित गर्छन भन्ने नेपाली जनमानसलाई थाहा भएकै कुरा हो। थापा तिनै मध्येका एक हुन । उनी अमेरिकाका खास मान्छे हुन भन्ने पटक–पटक पुष्टि हुँदै आएको विषय हो। 

गगन थापाको अमेरिकी दुताबाससँगको नाता पुरानो छ। अमेरिकी दुताबासका तत्कालिन डिपुटी चिफ अफ मिसन -याण्डी बेरीले २००८ मा तयार पारेको ‘नेपालः काउण्ट डाउन कन्टिन्यूः ३८ डेज टिल सिए इलेक्सनस्’ शिर्षकको रिर्पोटमा गगन थापालाई नेपाली कांग्रेस भित्रका गतिविधीको सुचना लिने कार्यमा अमेरिकी दुताबासले प्रयोग गरेको प्रष्ट देखिन्छ। दुताबासको उक्त रिपोर्टमा गगन थापालाई ‘कि एम्वेसी कन्ट्याक्ट’ अर्थात ‘दुताबासका मुख्य सम्पर्क सुत्र’ को रुपमा सम्बोधन गरिएको छ।


 

एमसीसी गगन थापा

विशेष