News

एमसीसीमा जवर्जस्ती गरे गठवन्धन टुट्छः माओवादी

एमसीसीमा जवर्जस्ती गरे गठवन्धन टुट्छः माओवादी

एमसीसीमा जवर्जस्ती गरे सरकारबाट बाहिरिने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ। 

बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यथास्थितीमा एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकालेको हो। जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको सांसद दुर्गाकुमारी बिकले जानकारी दिइन्। 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गठबन्धनको सहमतिबिना सरकारले एमसिसी टेबल गरे गठबन्धन भत्किने बताए। ‘यो पाँच दलीय गठबन्धनको सरकार हो। गठबन्धनको सहमतिबिना कांग्रेसले टेबल गरे गठबन्धन भत्किन्छ। गठबन्धन भत्किएपछि हामी सरकारमा बस्दैनौं।’– उनले भने।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार राति आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरूसँग छलफल गरेका थिए। छलफलमा एमसिसी पारित नगर्ने बरू एमालेसँग कुरा गर्नुपर्ने सुझाव आएको थियो।
 

माओवादी

विशेष