News विदेश

स्वामित्व विवादमा रहेका दुई टापुलाई सिन्ध सरकारद्वारा संरक्षित वन घोषणा

स्वामित्व विवादमा रहेका दुई टापुलाई सिन्ध सरकारद्वारा संरक्षित वन घोषणा

 

इस्लामावाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तले बुधबार कराचीको तटमा रहेका दुई टापुहरूलाई संरक्षित वन घोषणा गर्दै यसको वन्यजन्तु विभागलाई निर्णय सूचित गर्न निर्देशन दिँएको छ। 

बुन्दल र बुद्दो टापुको स्वामित्व विवादमा संघीय र प्रदेश सरकारबीचको विवाद बढ्दै गएपछि सिन्ध सरकारले संरक्षित वन घोषणा गरेको हो। सिन्धका गभर्नर इमरान इस्माइलले अक्टोबर २०२० मा संघीय सरकारले दुबईको मोडलमा ५० अर्बको लगानीमा टापुहरूमा नयाँ सहरहरू विकास गर्न इच्छुक रहेको घोषणा गरेका थिए। 

योजनाको सिन्धको सत्तारुढ पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले विरोध गरेको थियो, जुन राष्ट्रिय स्तरमा पनि प्रमुख विपक्षी पार्टी हो। गत बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद्ले गहन छलफपछि बुन्दल र बुड्डो टापुलाई ‘संरक्षित वन’ घोषणा गरी यस निर्णयबारे जानकारी दिन वन विभागलाई निर्देशन दिएको छ।

यी टापुहरू संघीय सरकार अन्तर्गत काम गर्ने सिन्ध वन विभा र पोर्ट कासिम प्राधिकरणले दाबी गरेका छन्। पोर्ट कासिम प्राधिकरणले सोमबार टापुहरूको स्थितिमा कुनै पनि परिवर्तनको विरुद्ध सिन्ध सरकारलाई कानुनी सूचना पठाएको छ। जसमा दुबै बुन्डल टापु र बुड्डो टापु (सामूहिक रूपमा द्वीपहरू) पोर्ट कासिमको घोषित सीमाभित्र पर्ने र संघीय सरकारले हस्तान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ। 

विशेष