News राजनीति

सत्ता गठबन्धनको बैठकमा विच्किएका देउवा ओली निवासमा

सत्ता गठबन्धनको बैठकमा विच्किएका देउवा ओली निवासमा

एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनमा दुई घण्टा छलफल गर्दा पनि निकास ननिस्किएपछि विच्किएका प्रधानमन्त्री शेरबहादुर देउवा त्यस लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका छन् ।

गठवन्धनमा सहमति नभएपछि बिहीबार राति नै देउवा बालकोट पुगेका हुन् । एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा ओलीलाई गुहार्न बालकोट पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ट्वीटरमा लेखेका छन् ।  

सत्ता गठबन्धन एमसीसी पारित नहुने भएपछि फुटउन्मुख भएको छ। यसअघि भएको गठबन्धनको वैठकमा देउवाले सुरुमै ‘एमसीसी टेबल गरेर संसद्मै छलफल गर्न’ प्रस्ताव गरेका थिए । तर, नेताहरूले त्यसलाई अस्वीकार गरेका छन् । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बैठकमा एमसीसीबारे छलफल भएपनि सबैले आ–आफ्नै अडान दोहो¥याएको बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले संसद्मा टेबल गर्दैमा पास गर्ने वा फेल गर्नेबारे निर्णयमा पुग्नु नपर्ने भनेका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले भने अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्नै नमिल्ने अडान लिएका थिए ।

बैठकमा सबै दलहरूले आ–आफ्नो कुरा राखेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सरकारले फागुन १६ गतेभित्र एउटा निष्कर्षमा पु¥याउनुपर्ने अवस्था रहेको र छलफल पनि भर्ईरहेको उनको भनाई छ। 


 

एमसीसी

विशेष