News राजनीति

निर्वाचन आयोगको पत्रले एमालेमा खैलाबैला, सुर्य खोस्न मुद्दा !

निर्वाचन आयोगको पत्रले एमालेमा खैलाबैला, सुर्य खोस्न मुद्दा !

निर्वाचन आयोगले ०७८ माघ २ गते दुई पन्ने पत्र पठाएर राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान तथा चुनाव चिन्हबाट ‘गाई’ हटाउन निर्देशन दियो। 

आयोगले संशोधन गर्नुपर्ने भन्दै राप्रपालाई आफ्नो विधानबाट संविधान प्रतिकूल रहेका ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भनी उल्लेख वाक्यांश हटाउन भनेको छ।

‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु हुन’ आयोगले भनेको छ।

आयोगले नेपालका राष्ट्रिय प्रतीकलाई कुनै पनि दलको चुनाव चिन्ह या झण्डाका रुपमा प्रयोग गर्न नपाइने भनेको छ। आयोगले गाई नेपालको राष्ट्रिय जनावर भएको स्मरण गराउँदै राप्रपालाई चुनाव चिन्हका रुपमा प्रयोग गरिएको गाई हटाउन भनेको छ।

‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनै राजनीतिक दललाई प्रदान गरिसकिएको भए सोको पुनरावलोकन गर्ने भन्ने आयोगबाट मिति २०७७ माघ ०७ मा निर्णय भएको छ’ पत्रमा भनिएको छ–‘विधानको धारा ४(क) मा उल्लेखित ‘झण्डाको मध्य भागमा गाई चिन्ह भएको’ भन्ने वाक्यांश हटाई त्यही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न हुन।’

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भने यो निर्देशनको कडा आलोचना गरे। निर्वाचन आयोगले राप्रपाको विधानबाट झण्डामा रहेको ‘गाई’ हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित रहेको उनले बताएका छन्। थापाले आयोगको निदेर्शन अस्वीकार्य भएको वताएका थिए । यद्यपी उनले अहिले पार्टी छोडिसकेका छन् ।

एमालेको चुनाव चिन्हबाट सुर्य हटाउन माग
निर्वाचन आयोगले राप्रपालाई पठाएको यो पत्रको असर नेकपा एमालेलाई पनि पर्ने भएको छ। उक्त पत्र सार्वजनिक भएसँगै एमाले नेताहरुको खैलावैला सुरु भएको वताईन्छ। यो विषय वढ्दै गए त्यसको वाछिटा एमालेसम्म पुग्ने भन्दै उनीहरु त्रसित छन्। एमालेको चुनाव चिन्ह सुर्य हो। आयोगको पत्रअनुसार हिन्दु राज्यको पक्षपोषण हुने खालको प्रावधान पार्टीको विधानमा उल्लेख गर्नु संविधान प्रतिकूल हुन्छ। एमालेले चुनाव चिन्हमा अंकित गरेको सुर्य पनि हिन्दु धर्मसँग जोडिएको विषय भएकाले उसले पनि चुनाव चिन्हबाट सुर्य हटाउनु पर्ने माग सुरु भएको छ। 

हिन्दु अधिकारकर्मीहरुले धर्म र संस्कार नमान्ने तथा धर्मलाइ अफिम भन्ने कम्युनिष्टहरुले हिन्दुहरुको आराध्य देवताको फोटो चुनाव चिन्हमा प्रयोग गर्नु आपत्ति जनक भएको वताएका छन् । उनीहरुले सुर्य चुनाव चिन्ह एमालेबाट खोस्न दुई दिन भित्र मुद्दा दर्ता गर्ने तयारी समेत गरेका छन् ।

उनीहरुका अनुसार सनातन हिन्दु धर्मावलम्बीहरुले वैदिक कालदेखि सुर्यको पुजा तथा आरधना गर्दै आएका छन् । आइतवार सुर्य भगवानको पुजा गरिन्छ। हिन्दु धर्ममा सुर्य सबै देवताहरू मध्य एक हुन। सुर्य पुराणमा सुर्यदेवको महत्वका बारेमा उल्लेख छ । 

यसैगरी वर्षमा दुई पटक पर्ने छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ । सास्त्र अनुसार सृष्टिको उत्पत्ति हुनुअघि सर्वत्र अन्धकार थियो । हिरण्यको गर्भबाट एउटा दिव्य तेज गोलाकाररूपमा प्रकट भयो । त्यो तेज दिगन्त व्यापनी भएकाले नै ऋग्वेदमा ‘सूर्य आत्मा जगस्तस्युषश्य’ भनिएको छ । यसै प्रभावबाट सम्पूर्ण दिशाको अन्धकार नष्ट भएको मान्यता छ।

अति प्राचीनकालदेखि नै मानव मस्तिष्कलाई सूर्यले प्रभावित बनाएको छ। विश्वका सबै धर्मस्थलमा सामान्य रूपबाट प्रकाशलाई ईश्वरको प्रतीक मानेको छ । तसर्थ सबै मन्दिरमा दीप जलाउने गरिन्छ । ऋगवेद कालदेखि सूर्य उपासना प्रारम्भ भई अनवरतरूपमा अथर्व वेद उपनिषद्, सूर्योपनिषद्, तैतरीय ब्राह्मण रामायण, महाभारत इत्यादी ग्रन्थमा यसको चर्चा पाइन्छ ।

ज्योतिषशास्त्रको उत्पत्तिको मूल कारक योगीहरुको ध्यान केन्द्र सूर्य र त्यससम्बन्धी अनेकौ कथाहरुको वर्णन हिन्दु वाङमयमा भएको छ । कृष्णपुत्र शाम्वमा कुष्ठ निवारण सूर्य शतकका रचनाकार महाकवि मयुरको कुष्ठ रोग निवारण, कथाहरु सूर्यसँग सम्बन्धित छ । सूर्यवंशका उद्भव राजाहरुको उपाधि ‘विक्रम’ मुद्राहरुमा सूर्यचक्रको चिह्न जस्ता कुराले पनि सूर्यको महत्व दर्शाउँछ । सिन्धु घाँटी सभ्यतादेखि नै भारतवर्षमा सूर्य उपासनाको परम्परा छ ।

यसका अतिरिक्त जापान, चीन, इरान इत्यादि देशरुमा पनि सूर्य पूजा गर्ने चलन थियो । अमेरिकाको कयालिफोर्निया मान्ट पैलिमरीमा अवस्थित हेलमान मन्दिरबाट प्राप्त सूर्य मूर्तिबाट सूर्य पूजाको प्रसार सर्वव्यापी रहेको देखिन्छ ।

सुर्यको पुजा गर्ने परम्परा मिथिलामा प्रारम्भ भएको मान्यता छ। छठ पर्वको उत्पत्ति कुन कालमा भयो यसको कुनै ऐतिहासिक प्रमाण उपलब्ध छैन । यसको सम्बन्ध सूर्यसँग कसरी भयो भन्नेमा पनि मतभेद छ । तर छठ पर्वमा सुर्यको पुजा गर्ने परम्परा छ। पर्व दुई प्रकारका हुन्छन– शास्त्राचार र लोकाचार । छठ पर्वको उत्पत्तिको कारण शास्त्राचारअन्तर्गत प्रत्यक्ष देवता सूर्यको पूजा र उपासना वैदिक कालदेखि नै आइरहेकाले मान्न सकिन्छ । त्यस्तै लोकाचारअन्तर्गत महोत्सवका रूपमा मनाइने प्रथा विकसित भएको मान्न सकिन्छ । यसको महत्वपूर्ण कुरा षष्ठी तिथि हो । जून अपभ्रश भई छठ भएको हो ।

रामनारायण देवका अनुसार षष्ठी–छठी–छठ शब्दको यसरी रचना भएको हो । सूर्यसँग षष्ठी तिथिको सम्बन्धको चर्चा ब्रह्मवैवर्त पुराणमा उल्लेख छ । 

चुनाव चिन्ह

विशेष