News

एमसीसीको विरोधमा पनि अमेरिकाको पावन्दी, हिंसा स्विकार्य छैन

एमसीसीको विरोधमा पनि अमेरिकाको पावन्दी, हिंसा स्विकार्य छैन

अमेरिकाले एमसीसीको विरोधमा भईरहेका प्रदर्शनमा समेत अंकुश लगाएको छ। एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो।

एमसीसीको विरोधमा नाममा सर्वसाधारणलाई तर्साउन बम तथा अन्य शंकास्पद गतिविधि हुन थालेपछि अमेरिकाले सचेत गराएको छ। शुक्रबार मात्रै देशका विभिन्न भागमा बम राखिएका समाचार आएका थिए।  

नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले एमसीसीबारे वास्तविकतामा आधारित बहस र टिप्पणीलाई सधैँ स्वीकार्ने तर हिंसात्मक गतिविधि स्विकार्य नहुने वताए बताएका छन्।

बेरीले एमसीसीबारे अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भएको बताउँदै त्यो लोकतन्त्रमा अन्तर्निहित अधिकार हो भनेका छन्।  तर एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि कदापि स्वीकार्य नहुने उनले जनाएका छन्। 

‘हामी एमसीसीसहितका विषयमा वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ। आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा अन्तर्निहीत कुरा हो। मानिसहरूलाई शान्तिपूर्वक आफ्ना विचारहरू आदानप्रदान गर्न अनुमति दिनुपर्छ। तर हिंसा र हिंसालाई उक्साउने कुरा कदापि स्वीकार्य छैन।’– उनले भनेका छन्।

एमसीसी अमेरिका

विशेष