News राजनीति

भ्रष्टाचार विरुद्धका अभियान्ता ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्तामा मनोनित

भ्रष्टाचार विरुद्धका अभियान्ता ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्तामा मनोनित

भ्रष्टाचार विरुद्धको अभियानमा संलग्न भएर सामाजिक सञ्जालमा चर्चा कमाएका ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्तामा मनोनीत भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । उनी राप्रपाका पाँचौं प्रवक्ता भएका छन् । राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा मनोनीत भइसकेका छन् ।

शाही ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक पनि हुन। उनलाई अध्यक्ष लिङ्देनले शुक्रबार मात्रै राप्रपा प्रवेश गरेका थिए । पार्टीले सुशासन विभाग बनाउने र शाहीलाई त्यसको प्रमुखसमेत बनाउने लिङ्देनले बताएका छन् । शाही नेतृत्वको अभियानमा रहेका हरेकलाई पार्टीमा जिम्मेवारी दिने भन्दै उनले सुशासनको अभियान अझ सशक्त भएर जाने जानकारी दिए ।
 

ज्ञानेन्द्र शाही

विशेष