News देश

पूर्वराजाको असन्तुष्टिः राज्य ब्यवस्था प्रणाली फेर्नु पर्ने हो कि ? [विज्ञप्तिसहित]

पूर्वराजाको असन्तुष्टिः राज्य ब्यवस्था प्रणाली फेर्नु पर्ने हो कि ? [विज्ञप्तिसहित]

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको वर्तमान राज्य व्यवस्था प्राणली नै फुर्न पर्ने अवस्था आएको हो कि ? भन्दै जिज्ञाशा राखेका छन्। प्रजातन्त्र दिवसका अवसरमा शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनले राज्य ब्यवस्था प्रणालीमाथि टिप्पणी गरेका हुन ।

पूर्वराजा शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाज भनेर राज्य प्रणाली माथि गम्भिर असन्तुष्टि जनाएका छन् । यस क्रममा उनले राज्य प्रणाली नै परिवर्तन गर्नुपर्ने हो कि भनेर प्रश्न उठाएका हुन ।

‘आफ्नो देशको प्रकृति र परवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु प्रजातन्त्र होइन’, उनले भनेका छन्, ‘प्रजातन्त्र नियन्त्रित र निर्देशित हुँदैन । यो स्वतः स्फूर्त एवं लोकसम्म हुन्छ र हुनुपर्छ।’

ज्ञानेन्द्र शाह

विशेष