News समाज

रोटी ब्यवसाय र मेयरको उम्मेदवारीले चर्चित रञ्जुले गरिन इन्गेजमेन्ट

रोटी ब्यवसाय र मेयरको उम्मेदवारीले चर्चित रञ्जुले गरिन इन्गेजमेन्ट

विवेकशील साझा पार्टीका पूर्व युवा नेता रञ्जु दर्शना (न्यौपाने) ले इन्गेजमेन्ट गरेकी छन्। रञ्जुको टिकाटालो किसु कुइँकेलसँग भएको छ।

सामाजिक सञ्जाल मार्फत रन्जुले इन्गेजमेन्ट गरेको जानकारी दिएकी छिन्। एकअर्कालाई पाएकामा दुवैले खुसी व्यक्त गरेका छन्। 

रञ्जुले भनेकी छन्, ‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरू, निकट साथीहरू र सारा ब्राह्मण्ड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं।’

उनले अगाडि लेखेकी छन्, ‘मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु, तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’

रञ्जु दर्शना काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार भएपछि चर्चामा आएकी हुन। सुन्दर र सभ्य सहर निर्माणका लागि उम्मेदवारी दिएको बताउने रन्जुले २३ हजारभन्दा बढी मत पाएपछि उनको चर्चा थप चुलियो ।

सरल स्वभावकी रन्जु २०५२ सालमा काठमाडौंमा जन्मिएकी हुन् । राजनीतिप्रति युवाहरूको मोह भंग भैरहेका बेला रन्जुको सकारात्मक सोच एवं साहसको सर्वत्र प्रशंसा हुने गरेको छ ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि क्षेत्रबाट उम्मेदवार नछानिएपछि सेलरोटीको ब्यापार सुरु गरेर उनी थप चर्चामा आएकी थिईन। राजनीतिसँगै सेलरोटी ब्यवसाय गरेर नेता भैसकेपछि त्यसैको आडमा जीवन गुजारा गर्ने माध्यम बनाउने नेतालाई उनले गतिलो झापड हानेकी थिईन। 
 

रञ्जु दर्शना

विशेष