News समाज

चेलिबेटी बेचबिखन गर्ने दलालको आरोप लागेका को हुन यिनी ?

चेलिबेटी बेचबिखन गर्ने दलालको आरोप लागेका को हुन यिनी ?

सामान्यतयाः उमेर पुगेका युवा–युवतीको विवाहका लागि घर तथा परिवारका ज्येष्ठ नागरिक (अभिभावक) हरु कृयासिल हुन्छन। केटा वा केटी खोज्ने तथा उनीहरुका विचमा मेल हुन सक्ने/नसक्ने सवै कुराको हिसाव उनीहरुले नै मिलाउँछन् । जसलाई समाजमा लमी भनिन्छ।

प्रेम गरेर विवाह गर्ने वाहेक अहिले पनि समाजमा लमी नै त्यस्तो माध्यम हुन, जस्ले उमेर पुगेका युवा–युवतीको विवाहका लागि चाँजोपाँजो मिलाउँछन् । तर, काठमाण्डौं उपत्यकामा भने अहिले वर तथा वधु खोज्ने काम म्यारिज ब्युरोले सुरु गरेको छ। लमीको रुपमा कामगर्ने म्यारिज ब्युरोको व्यवसाय यतिवोल दिनप्रतिदिन फस्टाउँदै गएको छ। 

म्यारिज स्टेशन प्रालि नेपालकै पहिलो अधिकारिक म्यारिज ब्युरो हो। २ वर्ष अगाडि स्थापना भएको म्यारिज स्टेशनले यस अवधिमा १ सय ५२ जनाको विवाह गराएको छ। कोरोना संक्रमणको पहिलो चरणमा मानिसहरुको आवत–जावत वन्द भएपछि सञ्चालक उत्तम आचार्यले म्यारिज स्टेसनको सोच अगाडि ल्याएका थिए ।

संक्रमणको समयमा के गर्ने ? भन्ने योजना वनाउँदा समाज सेवा र व्यवसाय दुवै हुने उपायका रुपमा म्यारिज स्टेसनको जन्म भएको उनी वताउँछन् । लकडाउनको समयमा व्यवसायको खोजी गर्दा म्यारिज स्टेसन खोल्ने र समाज सेवासँगै पैसा कमाउने उपाय निस्किएको उनले वताए ।

म्यारिज स्टेसन सञ्चालनमा अन्य २ जना साथिले पनि उनलाई सहयोग गरेका छन् । सुरुवातमा म्यारिज ब्यूरोलाई लिएर समाजमा नराम्रो बुझाई पनि थियो। केटी बेच्ने दलाल भनेर आरोप खेप्नु परेको र कतिपयले आरिस गरेर पनि म्यारिज स्टेसनप्रति नराम्रो हल्ला चलाएको उत्तम वताउँछन् ।

तर समय वित्दै जाँदा संस्था प्रति जनमानसको बुझाई परिर्वतन भएको उनको वुझाई छ। म्यारिज ब्यूरोका अधिकांश ग्राहक २५ वर्ष उमेर माथिका, सम्बन्ध बिच्छेद गरेका र विदेशमा बसेका नेपाली नागरिकहरु छन् ।

सुरुवाती दिनमा केही समस्या भएपनि समयसँगै ब्यवसाय नचल्ने समस्या पनि नरहेको उत्तम वताउँछन् । विवाहको लगन भएको महिनामा फुर्सदै नपाई अवस्था समेत आएको उनको अनुभव छ। न्युन लगानिमा सञ्चालन गर्न सकिने यो व्यवसायमा निरन्तरता दिने हो भने यो व्यवसायले आर्थिक रुपमा सबल बनाउने पनि उत्तम बताउँछन । लगभग ५० हजार रुपैयाँबाटै यो व्यवसाय सञ्चालन गर्न सकिने उनी बताउँछन् ।

म्यारिज स्टेशनमार्फत जीवनसाथी खोज्न पनि सहज छ। सबैभन्दा पहिला आफनो ब्यक्तिगत विवरण र कस्तो प्रकारको जिवन साथि चाहिएको हो ? त्यो बारे खुलाउनु पर्छ । सोही अनुरुप म्यारिज स्टेशनले साथि खोज्ने काम गर्छ । करिव ६ महिनाको अविधिमा म्यारिज स्टेशनले एक–अर्काको लागि जीवन साथि खोज्ने काम गर्दछ ।

जीवनसाथि खोज्ने क्रममा ५ हजार रुपैयाँ शुरुवातमा सर्भिस चार्ज लाग्ने र पछि काम पुरा भएपछि विदेशमा बस्ने नागरिकले ५० हजार र नेपालमा बस्नेले २५ हजार शुल्क वुझाउनु पर्ने ब्यवस्था स्टेसनले गरेको छ। यस वाहेक अन्य कुनै पनि शुल्क र पैसा नलाग्ने उत्तम वताउँछन् । अन्य अनावश्यक झमेलामा नर्पनका लागि म्यारिज स्टेशनले साक्षि राखेर कागजपत्र समेत गराउने गरेको छ ।

जसमा म्यारिज स्टेशन मार्फत विवाह गरेका जोडिहरुले कमसेकम २० वर्ष सँगै बस्नु पर्ने छ । म्यारिज स्टेशन मार्फत आफनो जीवनसाथी खोज्नका लागि म्यारिज स्टेशनको अफिस मार्फत वा म्यारिज स्टेशन डटकमडटएनपी गएर आफनो विवरणहरु पेश गर्न सकिने छ ।


 

म्यारिज ब्युरो उत्तम आचार्य

विशेष