News खेल

टी २० विश्वकप छनोटमा फिलिपिन्स विरुद्ध नेपालको धमाकेदार जित

टी २० विश्वकप छनोटमा फिलिपिन्स विरुद्ध नेपालको धमाकेदार जित

टी२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्स हराएको छ। कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट व्याटिङको मद्दतले १ सय ३६ रनको विशाल अन्तरले नेपाल विजयी भएको हो ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार भएको खेलको नतिजासँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ। फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१८ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले शतक प्रहार गरे। ६१ बलको सामना गरेका उनले १३ चौका र एक छक्काको मद्दतमा १०४ रन जोडे। यस्तै दीपेन्द्रले ८३ रनको योगदान दिए। ४७ बल खेलेका उनले ६ चौका र ४ छक्का हिर्काए। कुशल मल्लले १२ र लोकेश बमले ६ रन बनाए।

बलिङतर्फ फिलिपिन्सका ड्यानियल स्मिथ, मिग्गी पोडोस्की र गुरभुपिन्द्र चौहानले एक–एक विकेट लिए।

२१९ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रन मात्रै जोड्न सक्यो। फिलिपिन्सका ड्यानियल स्मिथले २०, जोर्डन अलेग्राले २७ र जोनाथन हिलले ११ रन बनाए पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछानेले तीन तथा जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल, गुलशन झा र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए। 
 

विशेष