News अपराध सुरक्षा

प्रहरीले थाल्यो मन्त्री रेणु यादव विरुद्ध कारवाही !

प्रहरीले थाल्यो मन्त्री रेणु यादव विरुद्ध कारवाही !

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई हत्या गर्ने अभिब्यक्ति दिएकी मन्त्री रेणु यादव विरुद्ध प्रहरीले ‘अपराध दुरुत्साहन’ गरेको अभियोगमा अनुसन्धान सुरु गरेको छ । तारानाथ दाहालको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौटहटले ‘निवेदन र प्रमाण’लाई आधार मानेर कारबाही थालेको हो ।

मन्त्री यादव विरुद्धको जाहेरी निवेदन तथा त्यससँगै पठाएको मन्त्री यादवको आपत्तीजनक अभिव्यक्ति समेटिएको श्रव्यदृष्य रहेको पेनड्राइभलाई प्रहरीले जानकारीमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

जाहेरीमा २०७८ माघ ५ गते मधेश आन्दोलन दिवसको अवसरमा गौरमा आयोजित कार्यक्रममा सहभागी कार्यकर्ता तथा दर्शककाबीच मन्त्री यादवले गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिएकी थिइन। 

जनमत पार्टीका अध्यक्ष राउतलाई मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि उनको आलोचना भएको छ। २०६३ सालमा तत्कालिन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या गरिएको घटनालाई जोडेर राउतलाई मार्ने आसयको भाषणवाजीपछि उनको राजिनामा समेत मागिएको छ।

‘गौर ऐेतिहासिक जिल्ला हो । यहाँ लाठी देखाउने काम नगर्नु, यो गौरलाई राम्ररी लाठी चलाउन आउछ जसले तपाँईको लाठीलाई भाचेर– तोडेर–मोडेर राखी दिन्छ । मैले आज रोकेको हुँ । आज बलिदानी दिवसमा हिंसा हुनुहुदैन’ उनले हिन्दी भाषामा भनेकी थिईन–‘भोलि म फेरी सडक र पुलको अनुगमनमा जान्छु ।  फेरी आँधीसँग ठोकिन खोज्नु भयो भने तपाँईको पनि त्यहि हाल हुन्छ, जुन राईसमिलमा भएको थियो। तपाँईलाई घेरा बन्दि गरेर मारिदिने छन् ।’

मन्त्री जस्तो प्राभवशाली पदमा रहेको व्यक्तिले आफुलाई गौर प्रवेश नदिने नियतले अवरोध गरेको रिसिवीमा कार्यकर्ताहरु माझ मुलुकी अपराध संहिता २०७४ को दफा १७७ विरुद्धको ज्यान लिने अपराध गर्न उक्साउन तरिकाले  गौर हत्याकाण्ड दोहोर्योउने तथा ज्यान मर्ने धम्कि दिनु मुलुकी अपराध संहिता २०७४ को दफा ३५ (१) बिरुद्धको कसूर हो ।

उजुरीमा सो दुरुत्साहन बमोजिमको कसूर भई नसकेकोले सोही संहिताको दफा ३५ को उपदफा ३ (ख) बमोजिम हदैसम्म सजाय गरी पाउँ भनि माग गरिएको छ।

यो पनि

बलात्कारपछि योनीमा भाला रोपेर मान्छे मारिएको त्यो घट्ना
किसानले पाउनु पर्ने मलको बिषयमा बुझ्न खोज्दा यसरी झपारे साल्टका कर्मचारीले

गौर घट्नामा भारतबाट ल्याईएको थियो हतियारधारी जत्था : पुण्य गौतमको खुलासा

पुन्य गौतमको खुलासाः यस्तो छ, उपेन्द्र र रेणु यादवको रङ्गिन मनोहर कहानी

रेणु यादव

विशेष