News

माकुने र प्रचण्डले सिउँदोमा सिन्दुर फाल्दैमा चेली जिम्मा लगाउँनु पर्दैनः ओली

माकुने र प्रचण्डले सिउँदोमा सिन्दुर फाल्दैमा चेली जिम्मा लगाउँनु पर्दैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परापुर्व कालमा छुल्याहा केटाहरुले राम्री केटी देखेपछि सिउँदोमा सिन्दुर फालेर भाग्ने गरेको परम्परालाई माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधबकुमार नेपालले कायमै राखेको वताएका छन् ।

आज भक्तपुरमा अस्पतालको उद्घाटन गर्दै ओलीले झुक्याएर हालिएको माकुने र प्रचण्डको सिन्दुर फ्याँकिदिन र लक्स साबुनले धुन आग्रह गरेका छन् । ‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर, जुम्सो जस्तो भएर जाने’ उनले भने–‘राम्री केटी देखेपछि टाउकोमा सिन्धुर फालेर गुटुटु भाग्ने। के भो भन्दाभन्दै सिन्दुर फाल्यो, कसले फाल्यो फाल्यो।’ 

ओलीले ‘कहाँ कसले सिन्दुर हाल्यो खोजेर चेली जिम्मा लगाउनुपर्थ्यो’ भन्दै अहिले पनि त्यस्तै कहिले माकुनेले र कहिले प्रचण्डले सिन्दुर फाल्ने गरेको वताए । ‘कहिले माकुनेले सिन्दुर हाल्देको छ, कहिले माओवादीले। कहिले कांग्रेसले छ्यास्स हालिदिएको छ’– उनले थपे। 

ओलीले अव झुक्याएर सिन्दुर फाल्दैमा चेली जिम्मा लगाउनु नपर्ने वताए । त्यस्ता झुक्याएर हालेका सिन्दुर फ्याँकिदिन र लक्स साबुनले धोएर एमालेमा आउन उनले अनुरोध गरे। जनतालाई सुखी बनाउन एमालेको सरकार चाहिने उनको भनाई छ।

एमालेलाई जित्नका लागि होइन, जनतालाई जिताउनका लागि र देशलाई अगाडि बढाउनका लागि एमाले सरकार चाहिने ओलीले बताए। ‘महाभारतमा एउटा सकुनीको षडयन्त्रले राम १४ वर्ष वनबास गएका थिए, यहाँ त कति छन् छन् मन्थरा र सकुनी’ महाभारतको कथा सुनाउँदै अध्यक्ष ओलीले भने–‘मलाई प्रधानमन्त्रीबाट हटाउनु कुन ठूलो कुरा भयो र?’
 

विशेष