News

एमसीसी टेबल भए विरोधी मन्त्रीले पनि पक्षमा मतदात गर्ने सहमति !

एमसीसी टेबल भए विरोधी मन्त्रीले पनि पक्षमा मतदात गर्ने सहमति !

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी) का धुरन्धर विरोधीहरु नै सम्झौता संसदमा टेबल भए पक्षमा मतदान गर्न तयार भएका छन् । एमसीसी संसदबाट पास भए तत्कालै अमेरिकी सेना नेपाल आउने आसयका बक्तब्यवाजी गर्दै आएकाहरु सरकारकै मन्त्रीहरु पद जोगाउँन एमसीसीको पक्षमा मतदान गर्न तयार भएका हुन ।

माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी संसदमा टेबल गर्न दिने कुरामा सहमत भएसँगै सरकारका मन्त्रीले त्यसको पक्षमा मतदान गर्ने पनि सहमति भएको हो ।

एमसीसी आइतबार संसदमा टेबल गर्ने सहमति भएको छ। माओवादी र एकीकृत समाजवादीका नेताहरूले टेबल मात्रै गर्ने समझदारी भएको बताएका छन् भने कांग्रेसका नेताहरूले अनुमोदन गर्ने बारेमा पनि एक खालको सहमति भएको दाबी गरेका छन्। 

कांग्रेसका एक उच्च नेताले देउवा, प्रचण्ड र नेपालबीच संसदमा एमसीसी टेबल गर्दा कसरी प्रस्तुत भएर गठबन्धन जोगाउने भन्ने विषयमा एक खालको सहमति भएको वताए । एमसीसी संसदमा टेबल गर्ने, मतदानमा जाँदा आफ्नो पार्टीका सांसदलाई ह्वीप नलगाउने तर माओवादी र एकीकृत समाजवादीका लगायत सबै मन्त्रीले एमसीसीको पक्षमा मतदान गर्ने र ती मन्त्रीहरूलाई पार्टीले कारबाही नगर्ने सहमति वनेको ति नेताले दावी गरे।

सांसदहरूले भने विपक्षमा मत दिन वा बहिस्कार गर्न पनि सक्ने र गठबन्धन जोगाउने सहमति भएको उनको दावी छ। 

माओवादी अध्यक्ष प्रचण्ड निकटका नेताले पनि शिर्ष नेताहरुका विचमा एक प्रकारको सहमति भएको स्विकार गरे। ती नेताका अनुसार गठबन्धन बैठकमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङ सहभागी भएका थिए। 

शनिबार एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले एमसीसी सम्झौता संसदमा टेबल गर्नु पर्ने निष्कर्ष निकालेसँगै सहमतिका लागि एक प्रकारले बाटो खुलेको मानिएको छ। तर माओवादी र एकीकृत  समाजवादीका नेताहरूले एमसीसी संसदमा टेबल भएपनि तत्काल अनुमोदन नहुने संकेत गरेका छन्।
 

एमसिसी

विशेष