News अर्थ कर्पोरेट

रेल सञ्चालनका लागि भारतीय रेल्वे कम्पनीले प्रश्ताव गर्यो दुईटा मिति

रेल सञ्चालनका लागि भारतीय रेल्वे कम्पनीले प्रश्ताव गर्यो दुईटा मिति

भारतीय रेलवे कम्पनी, कोंकणले नेपालमा रेल सञ्चालनमा लागि दुईवटा मिति प्रस्ताव गरेको छ । कोंकणले फागुन १६ (फेव्रुअरी २८) र फागुन १७ (मार्च १) का लागि मिति प्रस्ताव गरेको हो ।

जयनगर–कुर्था खण्डमा चल्ने रेलको औपचारिक उद्घाटन भारत र नेपालका प्रधानमन्त्रीले भर्चुअल रूपमा गर्ने जनाईएको छ। सोही अनुसार मिति तय गर्न खोजिएको नेपाल रेलवे कम्पनीले जनाएको छ । कोंकणले भारतीय राजदूतावासलाई दुईवटा मिति तय गरेर पठाएको थियो । दूतावासले नेपाल सरकारबाट प्रस्ताव आउनुपर्ने बताएको कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए ।

अहिले रेल चलाउन केही समस्या नरहेको उनले बताए । १६ महिनाअघि भारतबाट ल्याइएका दुईवटा रेल सेट गत फागुन १ गतेदेखि यात्रुबिना नै परीक्षणका रूपमा सञ्चालनमा छ । रेल सञ्चालनको तालिम लिएका ६० जना नेपाली कर्मचारीहरू अहिले अभ्यास गरिहेका छन् । उनीहरूलाई प्राविधिक कुरा सिकाउन कोंकणबाट आएका १४ जना कर्मचारीले सहयोग गरिरहेका छन् ।

२६ जना भारतीय प्राविधिकमध्ये १४ जना अहिले आएका छन् भने बाँकी १२ जना रेल चल्ने बेलासम्म आइसक्ने बताईएको छ।

कुर्थादेखि जयनगरसम्म यात्रा गर्नेले सामान्य सिटको ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैया तिर्नेगरी भाडादर कायम गरिएको छ ।

रेल

विशेष