News

ओलीसँग देउवाको गुनासोः गठबन्धनबाट धोका र असहयोग मात्रै पाएँ

ओलीसँग देउवाको गुनासोः गठबन्धनबाट धोका र असहयोग मात्रै पाएँ

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट आफुले पाएको धोका र असहयोगका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीसँग धक फुकाएर गुनासो गरेका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित ओली निवास बालकोट पुगेका थिए। उक्त भेटमा देउवाले आफुलाई वठवन्धन भन्दा प्रमुख प्रतिपक्षको वढि भरोसा लाग्ने गरेको बताएका थिए । भेटमा देउवाले एमसीसी पारित गर्नका लागि एमालेले सहयोग गर्ने विश्वास ओलीसामु व्यक्त गरे। 

राति करिब २ घण्टा भएको छलफलले ठोस निष्कर्ष निकाल्न नसके पनि एमाले अध्यक्ष ओलीले एमसीसीमा सहयोग गर्ने पक्षमा आफूहरू सकारात्मक रहेको तर त्यसअघि अन्य राजनीतिक विषयमा पनि ’भद्र सहमति’ हुनुपर्ने प्रस्ताव राखेका थिए। 

देउवाले भने आफुलाई गठबन्धनले साथ नदिएको दुखेसो पोखे। जवाफमा ओलीले एमसीसीमा एमाले सकारात्मक रहेको बताए। तर, अन्य राजनीतिक मुद्दामा कांग्रेसले प्रष्ट धारणा बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो। 

यसअघि देउवाले विभिन्न संयन्त्र मार्फत ओलीसँग एमसीसी पारित गर्ने विषयमा छलफल गरेका थिए । एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री ओली पनि एमसीसीलाई संसदबाट अनुमोदन गराउने पक्षमा थिए। त्यसैकारण पनि देउवाले हाल प्रतिपक्षी बन्न पुगेको दल एमालेबाट सहयोग हुन सक्ने अपेक्षा गरिरहेका छन् ।

देउवा सरकारले टेबल गर्न चाहेको यो प्रस्ताव ओली प्रधामन्त्री हुँदा नै संसदमा दर्ता भएको थियो। ०७६ असार ३० गते ओली सरकारको तर्फबाट तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा दर्ता गराएका हुन। यसपछि ओली सरकारले एमसीसी पास गराउन जोडबल गरेपनि सत्ताबाट बाहिरिएपछि चाहिँ एमाले यूटर्न हुँदै यसबारे मौन बसेको हो ।
एमसीसी संसदमा टेबल गर्न र पारित गर्न देउवाले ओलीको भर खोजेपनि उदीहरु दुवैका चाहाना भने मिलिरहेका छैनन् । 

के चाहन्छन देउवा ?
अमेरिकाले एमसीसीको विषय टुङ्गो लगाउन फागुन १६ को समय सीमा दिएको छ। समय निकै कम रहेको भन्दै प्रधानमन्त्रीले एमालेको संसद् अवरोध खुलाउँदै यस विषयलाई सक्दो छिटो प्रतिनिधिसभामा छलफल गराउन चाहेका छन्।

यस प्रक्रियामा एमालेलाई ल्याएर गठबन्धनभित्रै प्रचण्ड–नेपाललाई सन्तुलन गर्ने योजना समेत ओलीले वनाएका छन । तर, अहिलेनै गठवन्धन टुटाइहाल्ने मनस्थितिमा उनी छैनन् । गठवन्धन तोडिए प्रचण्ड–ओली–नेपाल पुनः एक ठाउँमा उभिन सक्ने आशंका उनलाई छ।

के चाहान्छन् ओली ?
आफू सरकारबाट हटेदेखि नै एमालेले संसद् चल्न दिएको छैन। आफूहरूले कारबाही गरेका माधवकुमार नेपाललगायत १४ जना सांसदलाई सभामुखले जोगाएको आरोपमा उसले संसद्मा अवरोध गर्दै आएको छ। 

आफूहरूको निर्णयलाई मान्यता नदिएको भन्दै पछिल्लो समय एमालेले सभामुखकै राजीनामा माग्दै आएको छ।  एमाले भरसक आफूहरूले कारबाही गरेका १४ सांसदको पद पनि अवैधानिक भइदिओस् भन्ने चाहन्छ। तर यो विषय अब सर्वोच्चको अधीनस्थ भइसकेको छ। उनीहरुको पद अवैधानिक बनाउन सजिलो नभएको कुरामा एमाले जानकार नहुने कुरा भएन।

त्यसैले अहिलेको एमाले आन्दोलन सभामुखको राजीनामामा केन्द्रित भएको छ। 

अर्कोतर्फ, एमाले जसरी पनि ५ दलीय गठबन्धन भत्काउन चाहन्छ। माओवादी केन्द्र र नेकपा एसलाई जसरी पनि शक्तिबाट हटाउनु उसको ध्येय छ। गठबन्धन भत्काउने शर्तमा कांग्रेस र एमाले नजिकिन सक्ने आकलन गर्न थालिएको छ।

एमसीसी

विशेष