News

एमसीसीमा प्रचण्डः म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर

एमसीसीमा प्रचण्डः म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर

गठबन्धन जोगाउने सर्तमा एमसीसी संसदमा टेबल गर्न दिने सहमति गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर’ भन्ने उखानलाई चरितार्थ गरेका छन् ।

अध्यक्ष दाहालले एमसीसी संसदमा टेबल भएपछि ‘विवाद र विरोधका बीच संसद्मा एमसीसी टेबल भएको’ प्रतिक्रिया दिएका छन् । आइतबार साँझ ट्विट गर्दै अध्यक्ष दाहालले सरकारले विवादबीच एमसीसी टेबल गरेको बताएका हुन् ।

‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ’ उनले लेखेका छन्–‘एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

स्मरण रहोस, एमसीसी संसदमा टेबल गर्ने कुरामा गठवन्धनमा सहमति नभएपछि प्रधानमन्त्री एबम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग माग्न पुगेका थिए । ओलीलाई भेटेर देउवाले गठबन्धन तोड्ने संकेत गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल शनिवार मात्रै एमसीसी संसदमा टेबल गर्न दिने कुरामा सहमत भएका थिए ।

कांग्रेसका एक उच्च नेताका अनुसार देउवा, प्रचण्ड र नेपालबीच मतदानमा जाँदा आफ्नो पार्टीका सांसदलाई ह्वीप नलगाउने तर माओवादी र एकीकृत समाजवादीका लगायत सबै मन्त्रीले एमसीसीको पक्षमा मतदान गर्ने सहमति समेत भएको छ।

आईतवार संसदमा एमसीसी टेबल गर्ने क्रममा प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र मूल बैठकमा माओवादी र नेकपा एसका सांसदहरुले विरोध गरे ।  शनिवार र आईतवार विहान भएको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहमति जनाएर बाहिर यी दुवै दलका नेताको विरोध गर्नु आश्चर्यजनक भएको राजनीतिक विश्लेषकहरु वताउँछन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसी टेबल गरेका छन् । कार्कीले नै २०७४ भाद्र २९ गते अर्थमन्त्रीका रूपमा नेपालको तर्फबाट सम्झौतमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतालाई केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले अनुमोदनका लागि संसद्मा पठाएका थिए ।


प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको एमसीसी सम्झौतालाई सरकारको तर्फबाट मन्त्री कार्कीले संसद्को बैठकमा प्रस्तुत गरेका हुन् । दर्ता भएको सन्धि वा सम्झौतालाई सम्बन्धित मन्त्रीले प्रस्तुत गर्नुपर्ने प्रतिनिधिसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार उनले प्रतिनिधिसभा बैठकमा टेबुल गरेका हुन् ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी संसद्मा दर्ता गराएकाले हाल अर्थमन्त्री जनार्दन शर्माले सरकारको तर्फबाट सभामा प्रस्तुत गर्नुपर्ने थियो । तर, अर्थमन्त्री उपस्थित नभएकाले कार्कीले पेश गरेका हुन् । 

यस्तो छ नेपाल सरकार र अमेररकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कपोरेशनबीच भएको अनदुान सहायता सम्झौतालाई अनमुोदन गर्ने बारे प्रतिनिधि सभामा प्रस्ततु प्रस्ताव

एमसीसी पुष्पकमल दाहाल

विशेष