News राजनीति

दोधारे प्रचण्डः खै सरकार छोडेको ?

दोधारे प्रचण्डः खै सरकार छोडेको ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोधारे चरित्र उदाङ्गो हुँदै गएको छ। उनले दुई दिनअघिसम्म जवरजस्ती एमसीसी टेबल गरे सरकार छोड्ने धम्की दिदै कांग्रेसलाई साईजमा राख्न खोजे। तर, प्रधानमन्त्री देउवा आफनो अडानमा कायम रहेपछि शनिवार मात्रै प्रचण्डसहित एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल पनि एमसीसी सदनमा टेबल गर्न दिने अवस्थामा पुगे।

आईतवार सरकारले एमसीसी संसदमा टेबल गर्यो। माओवादी केन्द्र र नेकपा एसका सांसदहरुले विरोध गरे। वाहिर निस्केर पनि प्रचण्डले विरोधको भाषा गर्वका साथ ट्वीट गरे । उनले लेखे– ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ। एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

अझै आश्चर्य लाग्दो कुरा त के छ भने एमसीसी टेबल भए सरकार छोड्ने धम्की दिएका दाहाल अव भने ‘केही दिन हेरौं’ भन्न थालेका छन् । एमसीसी टेबल भएसँगै नेकपा माओवादीका सांसदहरुले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिन पर्खिन आग्रह गरे।

आइतबार चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको थियो । तर संसदको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले फरक मत राखे । संसद बैठकमा पनि गुरुङले एमसीसीको विरोध गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि टेबल गर्दा माओवादी केन्द्रका केही सांसदले उठेर विरोध गरे भने प्रचण्डसहित केही नेताहरु बसिरहे । संसदको बैठकलगत्तै माओवादी प्रमुख सचेतक देव गुरुङलगायतले बैठक हलमै प्रचण्डसँग कुरा गर्न खोजेका थिए । संसद भवन परिसरमा भएको भेटमा सांसदहरुले संसदीय दलको निर्णयअनुसार तत्काल सरकार छाड्नुपर्ने बताएका छन् ।

एमसीसी पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष