News

के देउवा एमसीसी सम्झौता संशोधन गर्न तयार भएका हुन ?

के देउवा एमसीसी सम्झौता संशोधन गर्न तयार भएका हुन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ दुई दलका अध्यक्षसँग अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा संशोधन गर्नुपर्ने वुँदा माग गरेका छन् ।

देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी सम्झौतामा संशोधन गर्नुपर्ने विषय उलब्ध गराउन आग्रह गरेका हुन् । 

बुधबार बालुवाटारमा भएको छलफलमा प्रचण्ड र नेपालले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताएपछि देउवाले संशोधन गर्नुपर्ने विषयबारे प्रश्न गरेका हुन् । ‘एमसीसीमा कुन–कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ’ –एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने  । 

देशका हितमा हुने कुरामा असहमति रहने कुरा नभएको  बाँकी कुराहरु संशोधन गर्नुपर्ने उनले बताए ।  एमसीसी हुबहु पास गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेको आरोपसमेत अध्यक्ष नेपालले लगाए  ।
 

एमसीसी

विशेष