News राजनीति

प्रधानमन्त्रीको सचिवालयमा ‘भाषण विज्ञ’को पनि नियुक्ति

प्रधानमन्त्रीको सचिवालयमा ‘भाषण विज्ञ’को पनि नियुक्ति

प्रधानमन्त्री भएको ६ महिनासम्म आफनो सचिवालयलाई समेत पूर्णता दिन नसकेका शेरबहादुर देउवाले हालै ‘भाषण विज्ञ’ सहित चार सदस्य नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले नुवाकोटका किरण गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ का रुपमा नियुक्त गरेका हुन । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका गजुरेलले देउवालाई भाषण तयार पार्दा राय सल्लाह दिनेछन्।

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेल कांग्रेसको १३औं र १४औं महाधिवेशनमा देउवाको जनसम्पर्क कार्यालयमा पनि थिए । अव देउवाका भाषण उनले नै तयार गर्ने जनाईएको छ।

सार्वजनिक मञ्चहरुमा देउवा छोटो बोल्छन् । पछिल्लो समय भने उनले लिखित सम्बोधन पनि गर्न थालेका छन् । त्यसरी गरिने लिखित सम्बोधन गर्दा त्यसको तयारी भने केन्द्रीय सदस्य रमेश लेखक र कहिले हालका महामन्त्री विश्वप्रकाश शर्माले गर्ने गरेका थिए । 

शेरबहादुर देउवा भाषण विज्ञ किरण गजुरेल

विशेष