News अर्थ बैंकिङ

एक अर्वभन्दा वढि ऋण तिर्न नसकेर भागेका ग्रिनलाईनका सञ्चालक अग्रवाल पक्राउ

एक अर्वभन्दा वढि ऋण तिर्न नसकेर भागेका ग्रिनलाईनका सञ्चालक अग्रवाल पक्राउ

बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्। काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरको अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

चेक बाउन्स मुद्दामा अग्रवाललाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको छ। अग्रवालविरूद्ध सञ्जय अधिकारीले ६ महिनाअघि चेक बाउन्सको जाहेरी दिएका थिए। आफूलाई दिएको पचास लाखको चेक बाउन्स भएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन्।

सञ्चालक अग्रवाल गत २२ पुसमा कारोबार छोडेर सपरिवार भारत गएका थिए। उनको परिवार नै सम्पर्कविहीन भएपछि करोडौं ऋण लगानी गरेका विभिन्न बैंकले ग्रिनलाइनमा ताला लगाएका छन्। बैंक तथा वित्तीय संस्था र साथीभाइको गरी करिब १ अर्ब रुपैयाँ भन्दा धेरै ऋण भुक्तानी गर्न नसकेर फरार भएका अग्रवाल माघ २७ गते काठमाडौं आएर आफै प्रहरीको सम्पर्कमा पुगेका थिए । 

राष्ट्र बैंकका अनुसार ग्रीनलाइन सेन्टरले मेगा बैंकबाट करिब २४ करोड, ग्लोबल आईएमइ बैंकबाट साढे ७ करोड, एभरेष्ट बैंकबाट करिब २० करोड र इन्भेष्टमेन्ट बैंकबाट करिब ३० करोड रुपैयाा कर्जा लिएको छ । यी सबै बैंकले चालु पुँजी कर्जा प्रदान गरेका हुन् । कर्जा प्रवाह गर्दा सबै बैंकले स्टक, स्थिर सम्पत्ति धितो राखेका छन् ।

अमित अग्रवाल ग्रिनलाइन सेन्टर प्रालि

विशेष