News

चीनियाँ नागरिकको धन्दाः काठमाण्डौंमा वसेर भारतीयलाई ठगी

चीनियाँ नागरिकको धन्दाः काठमाण्डौंमा वसेर भारतीयलाई ठगी

नेपालमा पछिल्लो समय चीनियाँ नागरिकको चलखेल वढेको छ। उनीहरुले विभिन्न स्थानमा वसेर गैरकानुनी काम गर्ने गरेका छन् । 

यीनै मध्ये नेपाली नागरिकको नाममा कम्पनी खोलेर भारतीयलाई ठगी गर्दै आएका एक जना चीनियाँ नागरिक काठमाण्डौंबाट फक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले चिनियाँ नागरिकले स्थापना गरेको कम्पनीमा काम गर्ने ३६ जना नेपाली युवायुवतीसमेतलाई पक्राउ गरेको छ।

दुई महिना पहिले नेपाल आएका चिनियाँ नागरिकले नेपाली नागरिक दिनेश श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी खोलेका थिए। श्रेष्ठलाई कम्पनीको एचआर म्यानेजर बनाइएको थियो। मध्य बानेश्वरमा स्थापना भएको कम्पनीले दैनिक ६ करोड रुपैयाँ सम्म कारोबार गरेको पाइएको छ। 

कम्पनीले भारतीय नागरिकलाई लक्षित गरी ऋण उपलब्ध गराउँदै आएको थियो। विभन्न ६ वटा एप्लिकेशन मार्फत ऋणका लागि आवेदन दिन सकिने, आवेदन गरेपछि दुईदेखि २० हजारसम्म ऋण पाईने र त्यो ऋण ७ दिनभित्रमा तिर्नु पर्ने ब्यवस्था गरिएको थियो । उक्त एप्स नै भारतीयलाई लक्षित गरेर खोलेको पाइएको छ। भारतीयको आधार कार्ड लगायतका विवरण दर्ता गर्दै माग्ने गरिएको थियो। 

उक्त एप्समार्फत ऋण लिन सकिने भन्दै विज्ञापन नै गरिएको थियो। विज्ञापनपछि भारतीय नागरिकले चिनियाँ नागरिकमार्फत ऋण लिन्थे। भनेको भाकामा ऋण नतिरे ती भारतीय नागरिकका आफन्तलाई समेत धम्क्याउने र ऋण उठाउने गरेको पाइएको छ। 

कम्पनीले कल सेन्टरमा काम गर्न भन्दै १२ कक्षा पढेका र कम्प्युटर जानेका कर्मचारी माग गरेको रिएको थियो। उनीइहरुलाई १६ देखि १८ हजार रुपैयाँ तलब दिने गरिएको थियो। पक्राउ परेका चिनियाँ र नेपालीलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ। 

पक्राउ पर्नेमा १३ जना युवती र २३ जना युवक छन्। उनीहरु २० देखि २५ वर्षका रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
 

चीनियाँ नागरिक

विशेष