बिना अनुमति जिल्ला नछोड्न कार्यालय प्रमुखलाई महिला सिडिओको निर्देशन
हुम्लाका सिडिओ सीता परियारले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नु परे अनिर्वायरूपमा अनुमति लिनुपर्ने नियम सुरु गरेकी छिन्। जिल्ला प्रशासन कार्यालयमा हाजिर भएको पहिलो दिन कार्यालय प्रमुखहरुसँगको छलफलका क्रममा उनले यस्तो नियम सुरु गरेकी हिुन ।
कार्यालय प्रमुखहरूले आफुखुसी जिल्ला छोड्ने गरेको र गयलसमेत धेरै देखिएकाले अव देखि लिखितरूपमा सिडिओको अनुमति लिनुपर्ने निर्णय गराएकी छन्। निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्ने, हाजिरीमासमेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो।
जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी संख्या, पदपूर्ति संख्या, रिक्त पद संख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउन उनले निर्देशन दिएकी छिन् ।
सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्यरूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने, कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्यरूपमा त्रैमासिकरूपमा तयार गरिएका गतिविधि सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने समेत निर्णय भएको छ।
परियार दलित समुदायबाट सिडिओ बन्ने पहिलो महिला हुन। हुम्लाको सिडिओ वन्नु अघि उनी भक्तपुरमा सहायक सिडिओका रुमा कार्यरत थिईन।