News राजनीति

प्रचण्ड–माधबलाई सरकार छोड्न गगनको चेतावनी

प्रचण्ड–माधबलाई सरकार छोड्न गगनको चेतावनी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विरोध गरिरहेका राजनीतिक दललाई सरकार छोड्न चेतावनी दिएका छन् । पक्ष र विपक्षमा उभिएर आफू राष्ट्रवादी र अर्कोलाई राष्ट्रघातीको आरोप लगाइसकेपछि एउटै गठबन्धनमा बस्न नसुहाउने भन्दै उनले सरकार छोड्न चेतावनी दिएका हुन ।

थापाले फरक–फरक ठाउँमा मत हालेर सँगै हिँड्ने प्रयास भइरहेको भन्दै त्यस्तो सम्भव नहुने बताएका छने। ‘एमसीसीमा आ–आफूले चाहे जसरी मतदान गर्ने, अनि सरकारमा चाँहि सँगै उभिने भन्ने कुरा अशोभनीय हुन्छ’ उनले भनेका छन्–‘मन्त्रिपरिषद्ले संसद्मा प्रस्ताव लगेको छ, अब सरकारकै मन्त्रीहरुले कतापट्टि भोट हाल्ने ? विपक्षमा भोट हालेर कांग्रेसलाई राष्ट्रघाती भन्दै गाली गर्ने हो भने गठबन्धनमा वसिरहन मिल्दैन।’

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो भूमिका देखाएर छलछाम गर्नुको सट्टा प्रष्ट निर्णय लिएर अघि वढ्नु पर्ने उनको धारणा छ।

गगन थापा एमसीसी

विशेष