News राजनीति

ओलीको प्रश्नः एमसीसी टेबल पनि आफै गर्ने, सडक भत्काएर सुरक्षाकर्मी पनि आफै कुट्ने ?

ओलीको प्रश्नः एमसीसी टेबल पनि आफै गर्ने, सडक भत्काएर सुरक्षाकर्मी पनि आफै कुट्ने ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफै संसदमा एमसीसी टेबल गर्ने अनि आफै सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गर्ने सत्ता गठनबन्धनमा सहभागी दलका नेता/कार्यकर्ताको आलोचना गरेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्धको आन्दोलनका नाममा सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकोमा उनले आलोचना गरेका हुन ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आयोजित साहित्यिक कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठवन्धनको दोहोरो चरित्र प्रति आपत्ति जनाए । अध्यक्ष ओलीले आफूमाथि ढुङ्गामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी पछि हटेको देखिएको बताए। उनले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँडको आज ध्यानाकर्षण गराएको बताए।

सरकारले आइतबार एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने त्यसको विरोधमा सत्ता गठवन्धनका नेता कार्यकर्ताले नै वानेश्वरको सडकमा आन्दोलन गरेका थिए । 

केपी शर्मा ओली

विशेष