ज्ञानेन्द्र शाही राप्रपाको केन्द्रीय सुशासन विभागको प्रमुखमा मनोनित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई केन्द्रीय सुशासन विभागको प्रमुखमा मनोनित गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई सुशासन विभागको प्रमुखमा नियुक्त गरेका छन् ।
पार्टी अध्यक्ष लिङ्देनले मंगलवार विभागिय प्रमुखमा मनोनयन गर्दै शाहीले पार्टीको वृहत्तर हितमा कार्य गर्ने विश्वास समेत ब्यक्त गरेका छन् ।
अध्यक्ष लिङ्देनले नवप्रवेशी शाहीलाई फागुन ६ गते मात्रै पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका थिए। उनी राप्रपाका पाँचौं प्रवक्ता हुन।
शाही ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक पनि हुन। उनलाई अध्यक्ष लिङ्देनले शुक्रबार मात्रै राप्रपा प्रवेश गरेका थिए । प्रवक्तामा मनोनय गर्दै खेरी लिङ्देनले पार्टीले सुशासन विभाग बनाउने र शाहीलाई त्यसको प्रमुख बनाउने घोषणा गरेका थिए ।
शाही नेतृत्वको अभियानमा रहेका हरेकलाई पार्टीमा जिम्मेवारी दिने भन्दै उनले सुशासनको अभियान अझ सशक्त भएर जाने जानकारी दिएका थिए ।
यो पनि
भ्रष्टाचार विरुद्धका अभियान्ता ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्तामा मनोनित
ज्ञानेन्द्र शाही