News

एमाले अध्यक्ष ओलीको गाडिमा कस्ले हान्यो ढुङ्गा ?

एमाले अध्यक्ष ओलीको गाडिमा कस्ले हान्यो ढुङ्गा ?

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार गाडीमा ढुङ्गा प्रहार भएको विषयमा गृह मन्त्रालयले छानविन सुरु गरेको छ।

गत आइतबार आफनो निवास बालकोटबाट संसद भवन आउने क्रममा पूर्वप्रधानमन्त्री ओलीको गाडीमा ढुङ्गा हनिएको थियो भने बाटो अवरोधको प्रयास पनि भएको थियो। यस वारेमा अनुसन्धान भईरहेको गृहले जनाएको हो ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ– ‘फागुन ८ गते आफ्नो निवासबाट संसद भवन आउने क्रममा पूर्व प्रधानमन्त्रीज्यू चढेको सवारी साधनमा अवरोध पु¥याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको छ । त्यस्ता हिंसात्मक कार्यहरुप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा समेत रहेका छन् ।’

साथै, शान्तिपूर्ण आन्दोलनको नाममा समाजिक जीवनलाई नै अवरोध पुग्ने गरी हिंसात्मक प्रदर्शनमा केही समूह सकृय रहेको भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

केपी शर्मा ओली ढुङ्गा प्रहार

विशेष