News राजनीति

दुई तिहाई मतले एमसीसी पास गराई दिने देउवालाई ओलीको वचन

दुई तिहाई मतले एमसीसी पास गराई दिने देउवालाई ओलीको वचन

मुलुक अहिले पक्ष विपक्षको खिचातानीका कारण एमसीसीमय भएको छ। तर, प्रतिनिधि सभाको सवैभन्दा ठुलो दल नेकपा एमाले चुपचाप छ। सरसर्ती हेर्दा एमाले धारण विहिन छ। 

०७६ माघ २५ गते तत्कालीन नेकपा (हाल एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र युवराज खतिवडा अर्थमन्त्री रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा पेस गर्ने निर्णय भयो। तर, तिनै ओली अहिले एमसीसीको विषयमा मुखमा वुझो ठोकेर वसेका छन् ।

तर, मंगलवार अमेरिकी राजदूत -यान्डी बेरीसँग भएको भेटवार्तापछि भने ओली तातिएका छन् । राजदुतसँगको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ओली बालुवाटार हान्निए।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसहित साँझ साढे ६ बजेदेखि देउवासँग छलफलमा रहेका उनले दुई तिहाइ बहुमतले एमसीसी पास गराइदिने वचन दिएको वताईन्छ। ओलीको वचन सुनेपछि अन्य एमाले नेताहरु भने आश्चर्यमा परेका छन्।

संसदमा अहिले एमालेका ९७, काँग्रेसका ६१ र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १३ जना सांसद छन्। त्यस बाहेक जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको पक्षमा उक्त दलका ९ जना सांसद एमसीसीको पक्षमा देखिएका छन् ।

तर, सम्झौता अनुमोदन गर्ने वेलामा राजनीतिक जोडघटाउ र उतार चढावले भएको संख्या पनि फेरवदल हुन सक्ने आशंका छ। यस्तो वेलामा ओलीले देउवालाई वेफ्वाँकको ढाडस दिनु ‘घर–घरमा ग्याँस पायप र भारदहमा रेलको टिकट’ भने जस्तै हुने एमालेकै नेताहरुको वताउँछन् ।
 

नेकपा एमाले केपी शर्मा ओली मसीसी शेरबहादुर देउवा

विशेष