News अर्थ

सल्लाहकार नियुक्ति गरेर २ करोड कुम्ल्याउने मन्त्रीको तयारी, अर्थले रोक्यो

सल्लाहकार नियुक्ति गरेर २ करोड कुम्ल्याउने मन्त्रीको तयारी, अर्थले रोक्यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयमा प्रशासनिक वेथिती निम्त्याएको आरोप लागेको छ।

मन्त्री यादवले प्राविधिक सिनियर सहसचिवको दरबन्दी भएका आयोजनाहरुमा सेटिङमा उपसचिव सरहका कर्मचारीलाई कामुको जिम्मेवारी दिएर सहसचिवस्तरका कर्मचारीलाई भूमिकाविहीन बनाउँदा प्रशासनिक बेथिती बढेको गुनासो छ ।

मन्त्रीले ठेकेदार र प्राविधिक सल्लाहकारमार्फत जथाभावी आफू अनुकूलका निर्णय गराउने, एक से एक काविल प्राविधिक प्रथम श्रेणीका अधिकृतहरुलाई घाम तपाएर कर्मचारीकै बीचमा फुट ल्याउने तथा सचिव रविन्द्रनाथ श्रेष्ठलाईसमेत छायाँमा पारेर बेथिती वढाएको कर्मचारीहरु वताउँछन् ।

मन्त्रीले थप रकम आर्जनका लागि विभिन्न प्रपंच रचेको हुन सक्ने कर्मचारीहरुले आशंका गरेका छन्। मन्त्री यादवले कर्मचारीको भूमिकालाई माइनस गर्ने र आफ्नो असक्षमताको ढाकछोप गर्न पनि प्राविधिक सल्लाहकार ल्याउन लागेको चर्चा मन्त्रालयमा व्याप्त छ । प्राविधिक कर्मचारीहरु भने मन्त्री यादवको यस्तो कार्यशैली कदमबाट रुष्ट हुन पुगेका छन् ।

यादवले आफनो ब्यक्तिगत फाईदाका लागि पूर्व सहसचिव एवम् तत्कालीन रेल विभागका विवादास्पद महानिर्देशक अवकास प्राप्त कर्मचारी बलराम मिश्रलाई आफ्नो प्राविधिक सल्लाहकारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको पनि कर्मचारीले वताएका छन् । 

उक्त नियुक्तिका कारण मन्त्रीले दुई करोड रुपैयाँ शुभलाभ गर्ने तयारी गरेको एक उपसचिवको दावी छ। भौतिक मन्त्रालयले सहमतिधका लागि टिप्पणीसहितको फाईल अर्थमन्त्रालयमा पठाएपनि स्वीकृत नहुँदा मिश्रको नियुक्ति प्रक्रिया भने हाल रोकिएको छ ।

०७८ फागुन ५ गते बसेको मन्त्रिपरिषद बैठकले मिश्रलाई भौतिक मन्त्रालयको प्राविधिक सल्लाहकारमा नियुक्ति गर्ने तयारी गरेको थियो ।

अर्थले स्वीकृत नगर्दा प्रक्रिया रोकिन पुगेको दावी मन्त्रालय स्रोतले गरेको छ । मन्त्री यादवले अर्थका कर्मचारीहरुलाई सहमतिका लागि निरन्तर दवाव दिदै आएकी छिन् । तर, ०७८ फागुन ५  गतेकै मन्त्रिपरिषद बैठकले मिश्रको नियुक्ति गर्ने तयारी गरेको विषयले भने मन्त्रालयमा निकै चर्चा पाएको छ।
 

रेणुकुमारी यादव

विशेष