News समाज

कलाकार पल शाह विरुद्ध जवरजस्ती करणीको मुद्दा

कलाकार पल शाह विरुद्ध जवरजस्ती करणीको मुद्दा

केही समयदेखि सामाजिक सञ्जालमा लगातार भाईरल भएको एक जोडि कलाकारको झगडा प्रहरीसम्म पुगेको छ। 

कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी छन् । 

किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ति करणीको उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ। उजुरी परेपछि शाहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढेको तनहुँ प्रहरीले जनाएको छ। नाबालिग आफूमाथि शाहले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको तनहुँ प्रहरीका एक अधिकृतले वताए ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ । 
 

पल शाह

विशेष