News

गाडीमा समेत संवेदनशिल अंग चलाउने गर्थे पल शाह 

गाडीमा समेत संवेदनशिल अंग चलाउने गर्थे पल शाह 

कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । गायिका समिक्षा अधिकारीले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ति करणीको उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका एक अधिकारीका अनुसार उजुरी परेपछि शाहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढिसकेको छ । 


जाहेरीमा भनिएको छ, ‘त्यस रात गत वैशाख १४ गते तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडा स्थित पलको चिजानको व्यक्ति प्रदीप थापाको घरमा उनीहरु बास बसेका थिए । त्यस क्रममा राति १२ बजेसम्म गायक कमल खत्री र पल शाहले बाहिर बसेर मादक पदार्थ सेवन गरेका थिए । राति १२ बजे पल शाहले म तिम्रो कोठामा आउँदैछु भनेर फेसबुकमा म्यासेज गरे । लगत्तै शाहले ढोका ढकढकाएर  समिक्षा सुतेको कोठाभित्र गैई विवाह गर्ने विश्वास दिलाएर जबर्जस्ति करणी गरेका थिए ।’

जाहेरीमा त्यसपछि पनि विभिन्न स्थानमा पटक–पटक जबरजस्ति गरेको जाहेरीमा उल्लेख छ । ती गायिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरण अनुसार अन्तिमपटक घटना भएको स्थान तनहुँ भएकाले उनी त्यहाँ पुगेकी हुन् । यो जाहेरी उनले गत माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गर्न खोजेकी थिइन् । तर त्यसबेला प्रहरीले घटनास्थल तनहु भएकाले त्यहीँ जान भनेको थियो ।

त्यही बेलाको जाहेरीलाई सामान्य  संसोधन गरेर आज उनले बुझाएकी हुन् । जाहेरीमा उल्लेख भए अनुसार पल र ती गायिकाको पहिलो भेट २०७७ सालमा असोज २२ गते काठमाडौंमा पिपलु वर भन्ने बोलको गीतको भिडियो सुटिङका क्रममा भएको थियो । त्यसपश्चात फेसबुक आइडी र फोन नम्बर आदानप्रदान भयो ।

पहिलो भेटपश्चात नै पलले ती गायिकालाई बनावटी माया दर्शाउने गरेको जाहेरीमा उल्लेख छ । म्युजिक भिडियोहरुमा सँगै का मगर्ने क्रममा पोखरा, चितवन, बाग्लुङ, तनहुँ लगायतका स्थानमा सुटिङ सकेर राति होटलहरुमा बास बस्ने क्रममा पटक–पटक करणी गर्न खोजेको तर सफल हुन नसकेको उनको दावी छ ।

गाडीमा एउटै सिटमा यात्रा गर्दा समेत संवेदनशील अंगमा चलाउने कार्य गरेको पनि जाहेरीमा जनाइएको छ । जाहेरीका अनुसार गत वैशाख १४ गते तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडा स्थित पलको चिजानको व्यक्ति प्रदीप थापाको घरमा उनीहरु बास बसेका थिए । त्यस क्रममा राति १२ बजे उनको कोठामा छिरेर विवाहको विश्वास दिलाएर जबर्जस्ति करणी गरेका थिए । त्यसपछि पनि विभिन्न स्थानमा पटक–पटक जबरजस्ति गरेको जाहेरीमा उल्लेख छ ।

यो पनि
कलाकार पल शाह विरुद्ध जवरजस्ती करणीको मुद्दा

पल शाह जबर्जस्ती करणी

विशेष