News

समाचार नहटाए युवती प्रयोग गरी फसाउँने धम्की

समाचार नहटाए युवती प्रयोग गरी फसाउँने धम्की

नेपाल आज डटकमका सञ्चालक माधवप्रसाद गुरागाईलाई सुन्दरी प्रयोग गरेर जेल पुर्याउने धम्की आएको छ।

नेपाल वाच मल्टिमिडिया प्रालिद्वारा सञ्चालित नेपाल वाच डटकममा भईरहेको वेथिती र पत्रकारका नाममा भईरहेको अनैतिक कामको विषयमा नेपाल आजमा समाचार प्रकाशन भएपछि यस्तो धम्की आएको हो।

नेपाल वाच मल्टिमिडिया प्रालिका अध्यक्ष पुष्प ढुङ्गाना र न्यूज चिफ रमेश सापकोटाले संचालक गुरागाईलाई जेल पुर्याउने धम्की दिएका हुन। सापकोटाले नेपाल वाच डटकममै कार्यरत एक महिला कर्मचारीको नाम लिँदै अवान्छित आरोपमा जेल पुर्याउने धम्की दिएका छन् ।

उनीहरुले नेपाल आज डटकममा प्रकाशित समाचार हटाउन पटक–पटक आग्रह र प्रयास गरेका थिए। तर, नेपाल आजले समाचार गलत भएको पुष्टि भए कारवाही भोग्ने तर, नहटाउने अडान लिएपछि ढुङ्गाना र सापकोटाले धम्की दिन थालेका हुन ।

आरोप लगाउन ठिक पारिएकी महिला कर्मचारी भने नेपाल आजको सम्पर्कमा आउन चाहेकी छैनन्। पटक–पटक फोन गर्दा उनले फोन उठाईनन्। नेपाल आजका सञ्चालक विरुद्ध आरोप लगाउन तयार भएकी ति कर्मचारीको विस्तृत जानकारी र धम्कीको अडियो रेकर्ड संचालक गुरागाईले आफुसँग सुरक्षित रहेको बताएका छन्।

र यो पनि, 

नेपाल वाच पुष्प ढुङ्गाना

विशेष