News विदेश

पाकिस्तानको उत्तरी वजिरिस्तानमा पाँच आतंककारी मारिए 

पाकिस्तानको उत्तरी वजिरिस्तानमा पाँच आतंककारी मारिए 

इस्लामावाद । पाकिस्तानको उत्तरी वजिरिस्तानमा सुरक्षा बलहरूसँगको गोलीबारीमा पाँच आतंककारी मारिएका छन्।

सुरक्षा बलहरूले गरेको खुफिया अपरेसन (आईबीओ) पछि आतंकवादीहरू मारिएका पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ।
आतंकवादीहरूबाट सब-मेसिन गन, ह्यान्ड ग्रेनेडहरू र धेरै क्यालिबर राउन्डहरू सहित ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो। पाकिस्तानी अखबार डनले सेनाको इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) लाई उद्धृत गर्दै भन्यो, 'मारिएका आतंककारीहरू सुरक्षा बलहरू विरुद्धको आतंककारी गतिविधिमा संलग्‍न थिए।'
लक्षित हत्या, फिरौतीको लागि अपहरणलगायतका गतविधिमा संलग्‍न उनीहरुले सेनालाई गोली चलाउन थालेपछि जवाफी कारबाही गरिएको जनाएको छ। गोली हानाहान हुँदा एक पाकिस्तानी सैनिकको पनि मृत्यु भएको छ।

पछिल्लो समय पाकिस्तानमा आतंकवादी हमलाका घटनामा वृद्धि भइरहेका छन्। पाकिस्तानको पेशावर सहरको एक प्रहरी चौकीमा आइतबार भएको ह्यान्ड ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका थिए ।

जनवरी २५ मा, बलुचिस्तानको केचमा भएको आक्रमणमा १० भन्दा बढी पाकिस्तानी सेनाको मृत्यु भएको थियो। 
त्यसको ठीक एक हप्तापछि, फेब्रुअरी २ मा, सोही प्रान्तको नोस्की र पञ्जगुर जिल्लामा एक अधिकारीसहित सात सैनिकको हत्या भएको थियो। बलुचिस्तानको पृथकतावादी समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ। उनीहरूले नोस्की र पञ्जगुरमा सयभन्दा बढी मारेको दाबी गरेका छन्।

 अर्को आतंकवादी हमलामा, अज्ञात मोटरसाइकल चालकहरूले पेशावरमा एक ईसाई पादरीलाई गोली हानी हत्या र उनका साथीलाई घाइते बनाएका थिए। 

प्रहरीले आक्रमणको पछाडि इस्लामिक स्टेट (आईएस)को हात रहेको आशंका गरेको छ। यी आक्रमणहरू प्रायः तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) र बलुच लिबरेशन आर्मी (बीएलए) लगायत प्रतिबन्धित संगठनहरूले गरेको पाइएको छ। aninews

विशेष