देउवाको जिद्धिले गृहमन्त्री खाँडलाई धपेटी
अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको जिदका कारण गृहमन्त्री बालकुष्ण खाँडलाई धपेटी वढेको छ। मंगलबार रातिसम्म सरकारी निवास बालुवाटारमै विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका देउवाले बुधबार बिहानैदेखि खाँडलाई संवादका लागि सकृय वनाएका हुन ।
देउवाको सन्देश वोकेर खाँणले बुधबार बिहानै सत्ता गठवन्धनका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डर नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका छने । खाँडले दुवै नेतालाई निज निवासमै पुगेर भेटेका हुन् । एमसीसी सम्झौता सत्ता साझेदार दलकै अवरोधका बीच सरकारले संसद्मा टेबल गरिसकेको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफल सुरु हुँदैछ ।
त्यसअघि संसद्मा छलफल गर्ने वातावरण तय गर्न र त्यसलाई अनुमोदनको प्रक्रियामा अघि बढाउन प्रधानमन्त्री देउवाले दलहरूबीच सहमति खोजिरहेका छन् । तर सत्ता गठवन्धनबाटै असहयोगको संकेत देखेपछि देउवाले ओलीतर्फ पनि पासा फ्याकिरहेका छन् । बुधबार बिहानै दाहाल निवास खुमलटार पुगेका मन्त्री खाँणले माओवादी अध्यक्ष दाहाल र अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरे।
लगत्तै उनी ओलीको निवास बालकोट पुगेर कुराकानी गरेका छन् । प्रधानमन्त्री देउवा एमसीसी अनुमोदन गर्न सकेसम्म सर्वदलीय सहमति जुटाउने, नभए सत्ता गठबन्धनमा मात्रै भए पनि सहमति गरेर एमसीसी अनुमोदन गराउने प्रयास गरिरहेका छन् । गठबन्धनबाट सहयोग नपाए एमालेसँग मिलेर भएपनि एमसीसी अनुमोदन गराउने प्रधानमन्त्री देउवाको अडान छ ।
१६ फागुनभित्र एमसीसी अनुमोदन गराइसक्ने सरकार र एमसीसीबीच समझदारी छ । यसअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले नै पत्राचार गरेर यो अवधिमा एमसीसी अनुमोदन गर्ने वचन दिएका थिए ।
तर, अहिले दाहाल र उनको दल नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिएको छ । नेकपा एकीकृत समाजवादी पनि प्रचण्डसँगै होमा हो मिलाउन थालेपछि देउवा समस्यामा परेका छन् । जनता समाजवादी पार्टी (जसपा) पनि एमसीसीको पक्ष÷विपक्ष नखुलेका कारण देउवाको धपेटी वढेको छ।