News राजनीति

ओलीको प्रश्नः एमालेको अवरोध भए एमसीसी कसरी टेबल भयो ?

ओलीको प्रश्नः एमालेको अवरोध भए एमसीसी कसरी टेबल भयो ?

संसदबाट जुनै सर्तमा पनि एमसीसी अनुमोदन गराउने प्रयारमा रहेको नेपाली कांग्रेसलाई नेकपा एमालेले घाँटी न्याक्न थालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन गर्न एमालेले सहयोग गर्ने बाचा गर्दै त्यसका लागि कांग्रेसले एमालेको एउटा सर्त मान्नु पर्ने अडान लिएका छन् ।

बुधवार विहान बालकोटमा गृहमन्त्री बालकृष्ण खाँणसँग भएको छलफलमा ओलीले एमालेले कारवाही गरेका १४ जना सांसद वा सभामुखलाई हटाउनुपर्ने सर्त अघि सारेका छन् । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार राति बालुवाटारमा गरेको बार्ताको रहल पहल कुरालाई विट मार्न गुहमन्त्री खाँण विहानै बालकोट पुगेका हुन्। 

करिब आधा घण्टाको छलफलमा बिहीबारको संसदबाट अमेरिकी सहायता परियोजना एमसीसी पास गराउन सहयोगका लागि खाँडले एमालेको सहयोग मागेका थिए। तत्कालीन अवस्थामा ओली सरकारले नै संसदमा दर्ता गराएको एमसीसी कांग्रेस र एमाले मिलेर पास गर्नुपर्ने कुरा खाँडले ओलीलाई भनेका थिए ।

ओलीले मंगलबार राति बालुवाटारको जस्तै अडान दोहो¥याएका छन्। एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नु पर्ने यदि त्यसो नभए सभामुख अग्नि सापकोटाले पदबाट बाहिरिनुपर्ने जनाउँदै आएको छ।

ओलीले एमालेले संसदमा अवरोध नगरेको पनि बताएका थिए। उनको प्रश्न छ– ‘एमालेको अवरोध हुन्थ्यो भने संसदमा एमसीसी कसरी टेबल हुन्थ्यो? निकास एमालेसँग खोज्ने होइन, सभामुखबाट खोजिनुपर्छ।’
 

एमसीसी केपी शर्मा ओली

विशेष