News

बानेश्वरमा गोली लागेर मृत्यु भएको भनिएका व्यक्ति कन्चनपुरमा ज्युँदै !

बानेश्वरमा गोली लागेर मृत्यु भएको भनिएका व्यक्ति कन्चनपुरमा ज्युँदै !

एमसिसिको विरोध कार्यक्रममा झडप हुँदा बिहिवार बानेश्वरमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यू भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धान्जली व्यक्त भैइरहेकाछन् । प्रहरीको आक्रमणबाट एक जना प्रर्दशनकारी युवाको टाउकोमा गम्भिर चोट लागेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको खबर प्राप्त भएको छ ।

गोली लागेर मृत्यू भएको भनेर सामाजिक सञ्जालमा पोष्ट भएको श्रद्धान्जली गलत भएको भन्दै कन्चनपुरका हेमराज अवस्थीले भ्रम नफैलाउन अनुरोध गरेकाछन् । सामाजिक सञ्जालमा श्रद्धान्जली व्यक्त गरिएको तस्विर बानेश्वरमा गोली लागेका व्यक्तीको नभएर कन्चनपुरका हेमराज अवस्थीको भएको खुलेको छ ।

बानेश्वरमा प्रहरीको गोली लागेका व्यक्ती भने डडेल्धुराको नवदुर्गा गाउँपालिका वडानं ०५ का हेमराज अवस्थी रहेको घटनास्थलबाट फर्केका विद्यार्थी नेता नरबहादुर विष्टले जानकारी दिए । विष्टका अनुसार  घाईते भएका अवस्थीको अहिले ट्रमा सेन्टरमा उपचार भैइरहेको छ । 

अवस्थी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत रहेकाछन् । 

यसैविच अखिल क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष पन्चा सिहंले मानविय संवेदना ख्याल गर्न अनुरोध गरेकीछन् । उनले लेखेकिछिन्, 'मानवीय समवेदनाको ख्याल गरौ । घाइते हेमराज अवस्थिको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ। सामाजिक सञ्जालमा फोटो हालिएको ब्यक्ति फरक भएको कुरा जानकारी गराउदछु ।'

 

विशेष