News

सहकार्यका लागि ओली र देउवाबीच निर्णायक छलफल हुँदै

सहकार्यका लागि ओली र देउवाबीच निर्णायक छलफल हुँदै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि बालुवाटार पुगेका छन्। 

एमसीसी र सत्ता सहकार्यको निर्णायक वार्ताका लागि ओली वालुवाटार पुगेको जनाईएको छ। ओलीसँग एमालेका अन्य नेता समेत छन् । 

बिहीबारको संसद बैठकबाट एमसीसीबारेको छलफल अघि बढ्न नसकेपछि प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलसँगको संवाद करिब सकिएको बताएका थिए।  छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी हुनेछन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटारबाट निस्किए लगत्तै ओलीसहितको एमाले टोली प्रधानमन्त्री निवास छिरेको हो।

यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । 

एमसीसी

विशेष