News खेल

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपाल तेस्रो

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपाल तेस्रो

नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा तेस्रो भएको छ। ओमानमाथि ९ विकेटको सानदार जित हात पारेपछि नेपालले उक्त स्थान सुरक्षित गरेको हो। मंगलबार भएको सेमिफाइनलमा खेलमा हार ब्यहोरेपछि दुबै टोली तेस्रो स्थानका लागि भिडेका हुन्।

ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा १ विकेटमात्रै गुमाएर भेट्टाएको थियो। नेपालका ओपनर कुशल भुर्तेलले ५५ रनको अर्धशतकीय पारी खेले। यस्तै आरिफ सेखले १७ तथा आसिफ सेखले १३ रन जोडे। 

अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो। ओमानका कप्तान जिसन मक्सुदले २१, आयान खानले १६ र कलिमुल्लाहले १४ बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन। जिसमले २८ बलमा ३ चौका प्रहार गरे। 

त्यसबाहेक ओमानका कश्यप प्रजापति ५, जतिन्दर सिंह २, सोयब खान र नास्तोर डाम्बा समान ३–३, मोहम्मद नादिम र सन्दीप गौड समान १–१ रनमा आउट भए। नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले १३ रनमात्रै खर्चिए। यस्तै कमलसिंह ऐरी, आरिफ सेख, अविनाश बोहरा र सागर ढकालले समान १–१ विकेट लिए।

सेमिफाइनलमा पराजित भएपछि नेपाल र ओमान यसवर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्न असफल भएका छन्।
 

विशेष