News

पल शाह भन्छन्ः ‘स्क्यान्डल किङ्ग’ थापाले षड्यन्त्र गरेर फसाए

पल शाह भन्छन्ः ‘स्क्यान्डल किङ्ग’ थापाले षड्यन्त्र गरेर फसाए


नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गरेकाछन् । दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी, सम्राट चौलागाईले आफूविरुद्ध षडयन्त्र गरेको सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकाछन् । आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् ।


फेसबुकमा पल शाहले लेखेकाछन्, ‘केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो । जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।’ 


नायक शाहले सहकर्मी दुर्गेस थापालगायत केही व्यक्तिको नामै खुलाएर आफु विरुद्ध षड्यन्त्र गरिएको दावी गर्दै अडियो समेत पोस्ट गरेकाछन् । पोस्ट भएको अडियो क्लिपमा दुर्गेस थापाको जस्तै स्वर भएका व्यक्तिले एक युवतीलाई केही योजना सुनाईरहेको जस्तो सुनिन्छ ।

शाहले उल्लेख गरेकाछन्, ‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो । हाम्रो सम्बन्ध दुई बर्ष अगाडि देखी भएको अनि एक बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो । साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयोलगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु । सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोषि भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’ 


नायक पल शाह र दुर्गेस थापाले विगतदेखि नै कलाकारिता क्षेत्रमा सँगै काम गरिसकेका छन् । तर पल शाहले भने आफ्नै साथि दुर्गेस थापाले आफु विरुद्ध षड्यन्त्र गरेको दावी गरेकाछन् । उनले फेसबुकमा लेखेकाछन्, ‘जुन व्यक्तिहरुले गायिका समिक्षा अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छः साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओलि, भाई कृष्ण जोशी, सम्राट चौलागाई ।’


दुर्गेस थापा कलाकारिता क्षेत्रमा ‘स्क्यान्डल किङ्ग’का रुपमा स्थापित भएकाछन् । दुर्गेशको कलायात्राभन्दा पनि लामो उनको विवादको शृङ्खला बनेको छ । २०७६ को तीजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीत हिट भएपछि दुर्गेशलाई सांगीतिक क्षेत्रमा पछि फर्किएर हेर्नु परेको छैन । तर उनका गीतहरु लगातार हिट भइरहे पनि विवादले समेत उनको पिछा छोडेको छैन । 


वर्ष २०७६ को तिहारमा दुर्गेशले ‘ह्याप्पी तिहार चिसो बियर’ गीत ल्याए । तर उनको यो गीत सार्वजनिक भएलगत्तै विवादमा तानियो । गीतमार्फत तिहारको सांस्कृतिक विचलन गरेको र प्रतिबन्धित गाँजा सेवन गर्न उक्साएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजुरी परेको थियो । जसका कारण महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउसमेत गरेको थियो ।

उनी तत्कालै आफ्नो युट्युब च्यानलबाट उक्त गीत हटाउने तथा आम माफी माग्ने र आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएर रिहा भएका थिए ।

उनको तिहार गीतमा ‘ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बियर’, ‘डन आयो डन, जा मुला भन’, ‘राजा हो राजा, बजाई दिम्ला बाजा’, ए निकाल गाँजा, खानुपर्छ आज’ लगायतका शब्द प्रयोग भएका थिए ।

त्यस्तैदुर्गेश फिल्म ‘छक्का पन्जा ३’ को प्रमोसनल गीतका कारण पनि विवादमा तानिएका थिए ।दुर्गेशले २०७७ तीजलाई लक्षित गर्दै पहिलो गीत ल्याएका थिए ‘बीच्च बीच्चमा २’ । यो गीतको अन्तरामा रहेको एउटा लाइन गायकगायिका प्रेमराज महत र हरिदेवी कोइरालाको पुरानो गीतबाट हुबहु चोरिएको आरोप लागेको थियो ।

त्यस्तै २०७७ कै तीजका लागि भनेर दुर्गेशले ‘बीच्च बीच्चमा ३’ गीत पनि ल्याएका थिए । यो गीत पनि विवाद बाहिर रहन सकेन । यो गीतको भिडियो विवादमा परेको थियो । भिडियोमा उनले पुरुष कलाकारलाई महिलाको पहिरनमा प्रस्तुत गरेका थिए । भिडियोले महिलाहरुको अपमान गरेको आरोप उनीमाथि लाग्यो ।
 

दुर्गेश थापा नायक शाह

विशेष