News

एमसिसिको विरोधमा अखिल क्रान्तिकारीद्धारा चैनपुरमा राँके जुलुस 

एमसिसिको विरोधमा अखिल क्रान्तिकारीद्धारा चैनपुरमा राँके जुलुस 

अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा बुधबार साँझ बझाङ सदरमुकाम चैनपुरमा राँके जुलुस निकालिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चैनपुरमा राँके जुलुस निकालेका हो । 

करिब सय युवाहरुको सहभागितामा राँके जुलुस निकालिएपछि प्रहरीले रोक्न खोजेको थियो। राँके जुलुस निकाल्ने युवाहरुका कारण केही समय बजार अस्तव्यस्त  भएको थियो । 

एमसिसि नेपालको हितमा नरहेकोले विद्यार्थीहरु आन्दोलित हुनुपुरेको अखिल क्रान्तिकारी बझाङका अध्यक्ष देविजंग बहादुर सिहंले बताए । सडक एमसिसि कुनैपनि हालतमा पास हुन नदिनका लागि विद्यार्थीहरुले निरन्तर सडक संघर्षका कार्याक्रम तय गरेको अध्यक्ष सिहंको भनाई छ । 
सरकारले एमसीसीलाई अन्तिम टुंगो लगाउने तयारी गरिरहेको समयमा सत्तामा रहेका दलहरुले नै आफ्ना भातृ संगठनमा रहेका युवाहरुलाई सडकमा उतारेका हुन् । 

विशेष