News

बार्गेनिङका लागि यसरी निस्कन्छ पत्रकारको ‘लालघोडा’

बार्गेनिङका लागि यसरी निस्कन्छ पत्रकारको ‘लालघोडा’

मुलुकमा देखिएका पछिल्ला घट्नाक्रमहरुले सरकार, कर्मचारीतन्त्र, अदालत, पार्टी, पत्रकारीता सवै ठाउँमा शुद्धीकरण गर्नुपर्ने अवश्यक्ता देखिएको छ। त्यसमा पनि देशको चौथो अंग भन्ने अनि असंयमित र असंगत अभ्यासमा लाग्ने पत्रकारका कारण सिंङ्गो पत्रकारिता विटुलिने अवस्था कसैबाट लुकेको छैन।

यसको पछिल्लो उदहरण बनेको छ– नेपाल वाच डटकम र यसका अध्यक्ष पुष्प ढुङ्गाना । ढुङ्गाना तिनै पत्रकार हुन, जस्ले तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण सार्वजनिक गर्न नपाएको ज्वाँकमा नयाँ पत्रिका छोडेका थिए । बास्कोटा प्रकरणमा सवैभन्दा पहिला अडियो फेला पार्ने पत्रकार ढुङ्गाना नै हुन्’रे।

तर, त्यो प्रकरणमा नयाँ पत्रिकाले वास्ता नगरेपछि पुष्प बारुद भएर पड्किए र नयाँ पत्रिका छोडिहाले। उनी शहिद परिवारका सदस्य पनि भएकाले नैतिकताको कुरा उठाएर नयाँ पत्रिकाका अध्यक्ष कृष्णज्वाला देबकोटाले हैकम देखाएको भन्दै वाहिरिए। त्यसपछि उनी आफै केही गरुँ भन्ने सोचका साथ अगाडि वढेका छन्। 

उनले भनेजस्तै काम पनि गरेर देखाएका छन् । केही समय अघिसम्मका रिपोर्टर अहिले मिडिया हाउसका मालिक नै भएका छन् । एक महिनाअघिसम्म कार्यालयको भाडा तथा कर्मचारीको तलवसमेत गरी करिव ८/९ लाख रुपैयाँ मासिक खर्च गर्न सक्ने हैसियतमा पुगेका छन्, ढुङ्गाना। तर, त्यसको स्रोत के हो भन्ने विषयमा भने उनी चुँईक्क गर्दैनन्। उनको मिडिया हाउसमा शंकास्पद लगानी रहेको भन्दै केही समय अगाडि एउटा अनलाईनले समाचार लेख्यो। तर, उनले त्यसवेला पनि सहि जानकारी दिन सकेनन्।

ढुङ्गानाले पत्रकारीताका नाममा कर्मचारीतन्त्रमा आतंक मच्चाएको उनीसँगै काम गरेर भरखरै छोडेका पत्रकारहरु वताउँछन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलेसम्मको आशिर्वाद रहेको वताईन्छ। 

पुष्पले नेपाल वाचका नाममा महालेखाका कर्मचारीहरुलाई आतंकित वनाएका छन्। कर्मचारी स्रोतका अनुसार अहिले मिनेट÷मिनेटमा नेपाल वाच लगईन गर्नु पर्ने अवस्था छ। कुन वेला कस्को समाचार आउला भनेर उनीहरु त्रसित छन्। 

कर्मचारीहरुका अनुसार सम्पत्ति सुद्धिकरण, गृह मन्त्रालय, निर्वाचन आयोगलगायतमा पनि पुष्पको हिमचिम राम्रो छ। यति मात्रै होईन, उनले आफनै कार्यालयमा काम गर्ने सहकर्मी पत्रकारलाई समेत अपमान गर्ने गरेका छन्। उनको यही शैलीका कारण १५ दिनअघि मात्रै सम्पादक कला अनुरागीसहितको जम्बो टिम नै नेपाल वाचबाट वाहिरियो।

उनको नशा–नशामा नातावाद र कृपावाद भरिएको ति पत्रकारहरु वताउँछन् । उनले गोरखा पत्रबाट तलव सुविधा वुझिरहेका अर्जुन शर्मालाई वार्गेनिङकै लागि नेपाल वाचमा राखेका छन् । केही समयअघिसम्म उनको नाम अनलाईनमै राखिएको थियो। तर, अख्तियारको दुरुपयोग गरेको आरोप लागेपछि उनको नाम हटाईएको छ। तर, वार्गेनिङको सिलसिला भने जारी नै रहेको वताईन्छ।

उनी आस्थाका हिसावले कम्युनिष्ट लविका हुन। त्यसैले उनले त्यत्रो कार्यालय चलाउनु पर्ने वोझ काँधमा वोकेर पनि प्रदेस ०१ ०२५च ९३२७ नं. को रातो टाटा नेक्सन कार किनेका छन्। त्यो स्रोतको वारेमा पनि अहिलेसम्म कसैलाई जानकारी छैन। उनी फुपुका छोरालाई सोही ‘लाल घोडा’ अर्थात रातो कारमा राखेर रकम संकलनमा निस्किने गरेको सहकर्मीहरु नै वताउँछन्।

उनी हिन्दु धर्मप्रति वितृष्णा फैलाउने र क्रिस्चियनको प्रचार गर्ने काममा पनि अगाडि नै रहेको वताईन्छ। उनका एक आफन्त क्रिस्चियन धर्मका उपल्लै दर्जामा छन्। जोसँग पुष्पको उठवस छ। उनैबाट प्रभावित भएर पुष्पले हिन्दुधर्म प्रति अनर्गल प्रचार गर्ने गरेको हालै टिमबाट वाहिरिएकाहरुको दावी छ। 

रिपोर्टरदेखि मालिकसम्मको रोमाञ्चक यात्रा
पुष्पले नयाँ पत्रिका छोडेपछि उनको प्रगति दिन दुई गुणा, रात चार गुणाले वढेको छ। उनको यो प्रगति देखेर सँगै काम गरेका साथीहरु नै आश्चर्य ब्यक्त गर्छन। दुई वर्ष भित्र उनले गरेको यो ‘धमाका’ सवैका लागि आश्चर्यको विषय भएको छ। तर,  यो प्रगति कसरी सम्भव भयो भन्ने विषयमा भने उनले कसैलाई वताउने गरेका छैनन्।

र यो पनि, 

  •  

नेपाल वाच पुष्प ढुङ्गाना

विशेष