News विदेश

शैन्य हमला गर्ने रुसको घोषणापछि युक्रेनका नागरिकले देश छाड्न थाले

शैन्य हमला गर्ने रुसको घोषणापछि युक्रेनका नागरिकले देश छाड्न थाले

रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै राजधानी किभबाट हजारौं नागरिक देश छोडेर हिड्न थालेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैनिक कारबाही गर्ने घोषणा गरेसँगैं बमबारी र मिसाइल हमला सुरु भएको थियो । युक्रेनको राजधानी किभका इमर्जेन्सी साइरन बज्न थालेका थिए ।

साईरन वजेसँगै किभका नागरिक शहर छाडेर भाग्न थालेका छन् । सडकमा धेरै संख्यामा कारको लाइन देखिएको छ । सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाअनुसार किभका नागरिक धेरै आतिएका देखिन्थे । सडकमा मानिसहरु प्राथना गरिरहेका देखिन्छन् ।

रुसी सेनाको ५ विमान खसालेको दाबी

युक्रेनले रुसी सेनाको ५ विमान खसालेको दावी गरेको छ। युक्रेनको सेनाका शीर्ष अधिकारीले पाँच विमानसहित एक हेलिकोप्टर पनि खसालेको दाबी गरेका छन्।

बिहीबार रुसले आक्रमण गरेसँगै प्रतिरक्षा गर्ने क्रममा उक्त विमान खसालिएको युक्रेनकोद दावी छ। यद्यपि रुसले भने यो दाबीको खण्डन गरेको छ। रुसको सरकारी समाचार एजेन्सी तासले युक्रेनको दाबी गलत रहेको बताएको हो। 

रुसले युक्रेनमाथि पूर्ण क्षमतासहित आक्रमण सुरु गरेको हो। युक्रेनले आफू रुसी आक्रमणको सामना गर्न सक्षम रहेको र यो युद्ध पनि आफूहरुले जित्ने दाबी गरेको छ।  
 

युक्रेन

विशेष