News

नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको उच्च सुरक्षा सतर्कता

नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको उच्च सुरक्षा सतर्कता

अमेरिकी सहयोग परियोजना (एमसीसी) छलफलका लागि संसदमा पेश हुन लागेका सम्भावित दुर्घटनालाई मध्येनजर गरी नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

बानेश्वर क्षेत्रमा प्रहरीले सडक खाली गराएर ब्यारिकेड राखेको छ । केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए ।

अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

बुधबारै संसद भवनको वरिपरी पनि काँडेतार लगाइएको थियो । संसद बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ । एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला प्रहरीले अधिकतम सतर्कता अपनाएको हो।
 

विशेष