News राजनीति

आश्चर्यमा ओलीः एमसीसी ल्याउँनेलाई ताली, देशको इज्जत वचाउन खोज्दा मलाई गाली ?

आश्चर्यमा ओलीः एमसीसी ल्याउँनेलाई ताली, देशको इज्जत वचाउन खोज्दा मलाई गाली ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी नेपालमा भित्र्याउन अमेरिकासँग निवेदन दिनेलाई स्यावासी र देशको इज्जत वचाउन उक्त सम्झौता अगाडि वढाउँदा आफुलाई ढुङ्गा हानिएको भन्दै आश्चर्य ब्यक्त गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा हान्न लगाएको पनि आरोप लगाए । केही दिनअघि उनको गाडिमा समेत ढुंगा हानिएको थियो।

ओलीले अघि भने, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’

कांग्रेस–माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको एमसीसीका वारेमा आफुलाई ढुङ्गा हानेकोमा उनले आश्चर्य ब्यक्त गरे। ‘ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन्’ उनले भने–‘अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’

विशेष