News विदेश

जम्मु काश्मीरमा तीन दिने 'स्‍नो कार्निभल'

जम्मु काश्मीरमा तीन दिने 'स्‍नो कार्निभल'

भदरवाह । हिउँले भरिएको घाँसे मैदानको सौन्दर्य झल्काउने र साहसिक सम्भावनाको सदुपयोग गर्न जम्‍मु काश्‍मीरको भदरवाहको हिउँले ढाकिएको जेई घाँसमा शुक्रबारदेखि तीन दिने 'स्‍नो कार्निभल' भएको छ। 


कोभिड–१९ को महामारीका कारण नराम्ररी प्रभावित भएको पर्यटन क्षेत्रको पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले भारतीय सेनाको भदरवाहस्थित राष्ट्रिय राइफल्स युनिटले जिल्ला प्रशासनको सहकार्यमा कार्निभल आयोजना गरेको हो। 

कार्यक्रमको उद्घाटन जिल्ला विकास परिषद्का अध्यक्ष दोडाधन्टर सिंह कोतवालका साथै डिसी डोडा विकास शर्मा, सीओ ४ आरआर कर्नल रजत परमार, एसएसपी अब्दुल क्युम र एडीसी भदरवाह दिलमिर चौधरीले गरेका थिए। 
कार्यक्रममा स्‍नो स्किइङ, स्लेजिङ, जोरबिङ बल जस्ता हिउँमा खेलिने खेलहरु समावेश गरिएको थियो। हिउँमा पदयात्रा, हट एयर बेलुन, घोडसवारी, हिउँमा भलिबल र टग अफ वारसँगै सांस्कृतिक गतिविधि, भदरवाही ढेकु र आदिवासी लोकनृत्य प्रदर्शन गरिएका थिए। 
यी खेलहरू जाडोको समयमा पहिलो पटक सञ्चालन गरिएको थियो। 

यस अवसरमा सोमबार कर्नल रजत परमारले सेनाले भदरवाहलाई जम्मू र काश्मीरको पर्यटकीय गन्तव्यहरूको रूपमा विकास गर्न मद्दत गर्न चाहेको बताएका थिए। 

भदरवाहका भर्जिन पर्यटकीय गन्तव्यमा साहसिक पर्यटकलाई आकर्षित गर्ने प्रचुर सम्भावना रहेको उनको भनाइ छ।


उनले पर्यटन पुनरुत्थान गर्न र नखोजिएका विभिन्‍न पर्यटकीय गन्तव्यको खोजी गरी पर्यटकलाई फराकिलो छनोट विकल्प प्रदान गर्न यो कार्निभलले उत्प्रेरकको भूमिका निर्वाह गर्न सक्ने बताए। जिल्ला विकास आयुक्त विकास शर्माले २१औँ शताब्दीका पर्यटकले नयाँ अनुभवको खोजीमा रहेको र त्यसमध्ये भदरवाह पनि एउटा हुने बताए। 


उनले थपे, 'सरकारले पर्यटन प्रवद्र्धनका लागि भदरवाहका विभिन्न गन्तव्य पहिचान गरेको छ र उच्च उचाइमा साहसिक पर्यटन पनि एक हो।' प्रशासनले चालेको यो कदमको सहभागी पर्यटक तथा स्थानीय बासिन्दाले प्रशंसा गरेका छन्। हिउँले भरिएको घाँस र हिमनदीका लागि प्रख्यात भदरवाहमा जाडो पर्यटनलाई बढावा दिए। 

विशेष